ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीका पाँच स्थानीय तह विद्युत विहीन


एबीसी न्यूज
१८ भदौ २०७५, सोमबार   १० : ०७   बजे

बैतडी, १८ भाद्र । जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन् ।

जिल्लामा रहेका १० स्थानीयतहमध्ये आधा स्थानीय तह विद्युतविहीन छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँ पाँच वटा स्थानीय तहका सदरमुकाम अझै विद्युत्को पहुँचमा पुग्न सकेका छैनन् । जसमा एक नगरपालिका र चार गाउँपालिका विद्युत्विहीन रहेका सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

स्थानीय तहमा विद्युत् नपुग्दा दैनिक कामकाज गर्न समस्या भएको छ । पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा अझै विद्युत्को पहुँच पुग्न नसकेको हो ।

विद्युत् लाइन नहुँदा दैनिक कार्य सम्पादनमा समेत समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो । “विद्युत् नहुँदा गाउँपालिकामा इन्टरनेटसमेत जडान गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “गाउँपालिका कार्यालयमा सोलार बत्ती रहेको भए पनि वर्षात्को समयमा घाम नलाग्दा सोलारले काम गर्न छोडेको छ ।”

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका सिगास गाउँपालिकामा पनि विद्युत् नहुँदा कार्यालयले गर्ने नियमित कामकाजमा समेत समस्या हुने गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

बिजुली बत्ती नहुँदा सोलार बत्तीको भरमा स्थानीय तहले कार्यालयमा सम्पूर्ण कार्य सम्पादन गर्दा समस्या हुने गरेको छ । सोलार बत्तीले घाम परेका बेला मात्रै काम गर्ने र घाम नपरेको बेला काम नहुने हँुदा दैनिक कामकाजमा समस्या हुँदै आएको पुर्चौडी नगरपालिकामा उपप्रमुख जानकी बमले बताउनुभयो ।
डिलाशैनी गाउँपालिकामा पनि विद्युत् नहँुदा कामकाजमा ढिलासुस्ती हुने गरेको छ । गाउँपालिकाको केन्द्रमा विद्युत् नभएको सेवाग्राहीले भनेको समयमा सेवा दिन नसकिएको वडा नं १ का वडा अध्यक्ष अक्कल रानाले बताउनुभयो ।

विद्युत् नपुगेका स्थानीय तहले विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भए पनि बजेटको अभावमा तत्काल विद्युत् सेवा विस्तार गर्न सकिने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

ग्रामीण क्षेत्रमा रहेका लघु जलविद्युत् आयोजना पछिल्लो समय धमाधम बन्द हुन थालेपछि स्थानीय तहले विद्युत्को समस्या झेलिरहेका हुन् । जिल्लामा रहेका १९ वटा लघु जलविद्युत् आयोजनामध्ये अधिकांश बन्द अवस्थामा छन् ।

सञ्चालनमा रहेका लघु जलविद्युत् आयोजना पनि रातको समयमा सञ्चालन हुने भएकाले सरकारी कार्यालयमा कामकाजका लागि उपयोग गर्न पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu