काठमाडौं । वीर अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरु नै अन्यायमा परेको तथ्य सार्वजनिक भएको छ । बुढवा भएको महिनौं दिन बित्दा पनि स्वास्थ्य मन्त्रालयले पदस्थापनका लागि अग्रसरता नदेखाउँदा चिकित्सक मारमा परेका हुन् ।
वीर अस्पतालमा कार्यरत बरिष्ठ न्यूरो सर्जन प्रा.डा. ध्रुवराज अधिकारीको बढुवा भएको चार महिनाभन्दा बढी भइसकेको छ । तर, अहिलेसम्म पनि पदस्थापन गरिदिएका छैनन् ।
बढुवा सूचना नं. १२०÷७४÷०७५ संकेत नं. १२३६०८ र कूल प्राप्तांक ६० दशमलव ४५२१ मा कन्सल्टेन्ट न्युरो सर्जन पदमा बढुवा भएका प्रा.डा. अधिकारीलाई स्वास्थ्य मन्त्रालयले पदस्थापन नगराएको हो ।
सो पदमा अहिले दरवन्दी खाली छ । तर, स्वास्थ्य मन्त्रालयले आनाकानी गर्दै प्रा.डा. अधिकारीलाई पदस्थापन नगरेको बुझिएको छ ।
बढुवा भएका प्रा.डा. अधिकारीलाई पदस्थापन किन नगरेको ? भनेर बुझ्नका लागि स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरीसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया दिनुहोस्