ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरोहणको ६८ वर्षपछि हर्जोगको शालिक आधार शिविरमा


bhawani desk
१८ भदौ २०७५, सोमबार   १ : ५६   बजे

पोखरा, १८ भाद्र । हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा स्थापना गरिएको छ ।

हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रमको औपचारिक थालनी भएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण प्रथमलाई जेठो हिमालका रुपमा लिने गरिन्छ । अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यसाथ अघिल्लो वर्ष अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजना गरिएको थियो । महोत्सव आयोजक समितिको सक्रियतामा लगभग रु १२ लाख लागतमा हर्जोगको शालिक स्थापना गरिएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङका अनुसार अर्धकदको शालिक समुद्री सतहबाट चार हजार १३० मिटर उचाइस्थित अन्नपूर्ण आधार शिविरमा राखिएको छ । लियोन फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।

समितिले फ्रान्समा रहेका हर्जोगका परिवारका सदस्यसमेतलाई बोलाएर चाँडै नै शालिकको अनावरण गर्ने तयारी गरेको छ । पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर पुग्ने पहिलो पदयात्री भने एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्रामा जान्छन् । त्यसको लगभग १० प्रतिशत हिमाल आरोहण गर्न जाने गर्छन् ।

अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर आठ हजार ८४८ मिटर अग्लो सगरमाथा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम छ । तर आरोहणका दृष्टिले कठीन हिमाल भएकाले अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्याति प्राप्त गर्न नसके पनि यसले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको छ ।

अन्नपूर्ण हिमाल आरोहणका दृष्टिले जेठो हिमाल बन्नुका साथै अन्नपूर्ण क्षेत्र विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको एक भएकाले विश्वव्यापी रुपमा नै यस क्षेत्रको गरिमा र आकर्षण अझै बढाएको ट्रेकिङ एजेण्ट एशोसियसन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुहुन्छ ।

अन्नपूर्ण आधार शिविरमा हर्जोगको शालिक बन्नु आफैँमा महत्वपूर्ण रहेको बताउँदै उहाँले आधार शिविरसम्म पुग्ने पदमार्गलाई व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राख्नुहुन्छ ।

अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनको आकर्षक गन्तव्य भएकै कारण यसको विकासका लागि अन्नपूर्ण गाउँपालिकाले सक्रियता देखाएको छ ।

गाउँपालिकाका प्रमुख युवराज कुँवरले पदमार्गको स्तरोन्नतिका साथै व्यवस्थित गर्न झिनुदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । पदमार्ग क्षेत्रमा जीर्ण बन्दै गएका काठका १८ वटा पुलमध्ये आधार शिविर नजिकैको दुई वटा पुल फेरिएको उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखरा पर्यटकीयस्थलका रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरमा थप चासो र चर्चाको विषय बनेको पर्यटन व्यवसायी बताउँछन् ।

सन् १९५० भन्दा अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्र रहेको नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । स्व हर्जोगले पोखरासहित नेपाललाई विश्वभरि चिनाउने काम गरेको बताउँदै उहाँले त्यसपछि मात्र नेपालका हिमाल सम्बन्धमा अध्ययन अनुसन्धान शुरु भएको धारणा राख्नुभयो ।

पोखरा बसेका हर्जोग नेतृत्वको फ्रान्सेली टोली शुरुमा लाहाचोक घाचोक हुँदै अन्नपूर्ण हिमालतर्फ जाने प्रयास गरे पनि पछि घान्द्रुक हुँदै गएको पाइन्छ । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६२९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ जसले मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दी, कास्की र लमजुङका विभिन्न क्षेत्रलाई समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group