ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध धरपकड थाल्यो


एबीसी न्यूज
१८ भदौ २०७५, सोमबार   २ : ४९   बजे

काठमाडौं,१८ भाद्र । नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेको आप्रवासी कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड सुरु गरेको छ।

धेरै आप्रवासी कामदारको चाप भएको बुकित विन्ताङ, कोतराया, जालान पेतालिङ तथा जालान सिलाङ लगायतका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर धरपकड गरिएको हो ।

अवैध आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको मौका ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’मार्फत आममाफी कार्यक्रममा सहभागी नभएका विदेशी कामदारमाथि धरपकड सुरु गरेको मलेसियाका अध्यागमन विभागका निर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ।

गत फेब्रअरी १५(फागुन ३) खि मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका लागि ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ सञ्चालन गरेको थियो। यो अवधि गत साता सकिएको छ।

अगस्ट ३१ मा आफूखुसी स्वदेश फर्किन दिएको समयावधि सकिएलगत्तै उक्त प्रक्रियामा सहभागी नभएका आप्रवासी कामदारप्रति अध्यागनले कडा अभियान सुरु गरेको हो।

यसक्रममा गत शनिबारदेखि आइतबार साँझसम्म ९ जना आप्रवासी कामदार पक्राउ परेका छन्।

मलेसियामा करिब ४० लाख विदेशी कामदार रहेको र त्यसमध्ये ४० प्रतिशत अवैधानिक रुपमा बसेर काम गरिरहेको अनुमान मलेसियाको अध्यागमनले गरेको छ।

मलेसियाको यो नीतिबाट अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार पनि प्रभावित हुनेछन्। उक्त धरपकडमा के कति नेपाली परे भन्नबारे नेपाली दूतावासले खुलाएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu