ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसीको गौरबमय एक दशक, अबको बाटो विकास र समृद्धिको


एबीसी न्यूज
१९ भदौ २०७५, मंगलबार   ७ : १२   बजे

काठमाडौं, १९ भाद्र ।  गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजनले आजबाट प्रसारणको एक दशक पूरा गरेको छ । आज भन्दा १० वर्ष अगाडि गाउँ , शहर र दुनियाँ ब्यूँझाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् एबीसी टेलिभिजनले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसात गर्दै एबीसी टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।

मिनेट, घण्टा, दिन, महिना र वर्षको हिसाव गर्न थाल्ने हो भने एक दशक लामो समय हो । तर, हामीलाई एक दशक अवधि निकै छोटो लागिरहेछ । जब पुरानो कामलाई मात्रै जस दिएर वर्तमानमा चल्ने प्रयास गरिन्छ तब, छोटै समय पनि लामो लाग्छ । तर, हामी हिजो होइन, स“धैभर आज भनेर काम गर्दै आयौं । स“धै आज भनेर सक्रिय रहनु नै हामीलाइ सफलताको एक दशक पूरा गर्ने सजिलो कडी बनेको छ । नेपालमा न्युज च्यानलको बास्तविक स्वादमा दर्शकलाई एबीसीको एक दशकले राम्रैसंग मोहनी लगाउन सफल भएको हाम्रो बुझाइ    छ ।

संविधानसभाको पहिलो निर्वाचन लगत्तै दर्शकमाझ उपस्थित भएका हामी जहिल्यै फरक धारमा दौडियौं । अर्को हिसाबले भन्ने हो भने नयां गणतान्त्रिक चेतनामा देशलाई अघि बढाउनु पर्दछ भन्ने ‘थिम’मा हामी हिंड्न रुचायौं । अरु मिडियाले राजनीतिक समाचार बटुल्दै हि“ड्दा एबीसी राजनीतिक एजेण्डा तय गर्न तम्सियो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका लागि खुलेआम वकालत गर्ने मिडिया कुनै थियो भने, त्यो एबीसी मात्रै थियो । राष्ट्र र जनताको परिवर्तनका लागि नेताका बोली टिपेर घन्काउने होइन, राष्ट्रहित र जनहितका एजेण्डा उठाउन सक्नुपर्छ भन्ने सूत्र समातेको थियो एबीसीले । हो, राजनीतिक एजेण्डामा हामी जहिल्यै अग्रपंक्तिमा नै रह्यौं । यसो भनिरंहदा हामीले सदा गर्ब महसुस गरिरहन्छौं ।

जनप्रतिनिधिमूलक संस्थाबाट संविधान जारी गर्न दोस्रोपटक संविधानसभाको निर्वाचन गर्नै परेको किन नहोस्, अन्ततः संविधान जारी भएको छ र संविधान अनुसार देशमा समावेशी समानुपातिक प्रणाली लागू भएको छ । देशमा तीन तहको निर्वाचन सम्पन्न भएर संघीयता कार्यान्वयनको पहिलो चरण पनि पूरा भएको छ । यो परिवर्तनको सक्रिय उत्प्रेरक बन्न पाउ“दा एबीसी गौरवान्वित छ ।

गणतन्त्र घोषणा, संविधानसभाको निर्वाचन, नयाँ संविधान घोषणा र संविधानअनुसार स्थानीय तहको निर्वाचन, सबै सफलता एबीसीका लागि एकपछि अर्को उत्सव थियो । नयां संविधान कार्यान्वयनको कोर्स कम्प्लिट गर्नका लागि हुनैपर्ने स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएर देशकै इतिहासमा पहिलो पटक स्थिर शक्तिशाली सरकारको निर्माण भएको छ । यहा“नेर आइपुग्दा राष्ट्रिय मिडिया हुनुका नाताले अब हाम्रो कार्यभार बदलिएको छ अझ भनौं थपिएको छ । अब, फगत देशलाई राजनीतिक दुस्चक्रको भूमरिमा घुमाइरहने प्रवृत्ति विरुद्ध हाम्रो अभियान सोझिनेछ । अबको बाटो समृद्धिको बाटो हो । देशलाई समृद्धिको बाटोमा डोर्याउन अब राज्य संचालकहरु मन, वचन र कर्मले समर्पित हुनैपर्छ । खुट्टा कमाउने कामप्रति हाम्रो आलोचना अबश्य सोझिने हामी सम्झाउन चाहन्छौं । मुलुकको सुशासन कायम गर्न राज्य संचालकहरुलाई जवाफदेही बनाउन तथा भ्रष्टाचारप्रति शुन्य सहनशीलताको संस्कृति बसाल्नै पर्ने दायित्व मिडियाको कांधमा आएको छ । सबैखालका विकृति, विसंगति र अहिले डरलाग्दो गरी राजनीतिक सिन्डिकेटका आधारमा झांगिएको नीतिगत र संस्थागत भ्रष्टाचारलाई उदाङ्गो पारेर निराश बन्दै गएका जनतामा आशाको दियो बाल्नै पर्दछ । एबीसीको अबको मिशन भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अवलम्वन गर्दै समृद्धिको बाटो तय गर्न राजनीतिक दलहरुमाथि दबाब सिर्जना गर्नु नै हो ।

भीर, कन्दरामा चिप्लि“दै एबीसीको बुम बोकेर हाम्रा रिपोर्टर लिपुलेकसम्म पुगे । भारत र चीनको सुलहमा खोसिएको नेपाल भूमि लिपुलेकको हालत जस्ताको तस्तै देखाउने एबीसी नै पहिलो टेलिभिजन बन्यो । भारतीय नाकाबन्दीमा पनि हामी केबल समाचारमा समेटिएनौं, कुटनीतिक आवाज बलियो पार्ने र जनस्तरको बिरोधलाई साथ लि“दै प्रतिरोधमा राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उत्रियौं । नेपाली स्वाभिमान र राष्ट्रियतास“ग जोडिएको हाम्रो त्यो अभियान आजपर्यन्त जारी छ र संधैभर जारी रहनेछ ।

राजनीतिक एजेण्डामा मात्रै होइन, जनजीविकाका सवालमा एबीसीको लोगो कहिल्यै अ“ध्यारोमा धमिलो भएन । हुम्ला, जुम्ला डोल्पाको खाद्य संकटदेखि, राज्यको राहतमा आएका चामलले लोकल ठर्रा बनाइएका दृश्य एबीसीले नै देखायो । धादिङदेखि जुम्लाका नागरिक गडगडाइरहेको नदीमाथि तुइनमा झुण्डिएर जीवन धान्नुपरको व्यथा पनि सुनाएका छौं हामीले । शायदै त्यही भएर तुइन विस्थापित गर्ने नीतिसम्म बन्न सफल भयो ।

भुकम्पले ध्वंश गरेको कारुणिक क्षणमा हामी आफ्नै पीडाका घाउ लुकाएर निरन्तर प्रसारण गर्न सफल भयौं । समाचार संकलनको पाटोस“गै पीडितलाई उद्धार र राहत सुविधामा एबीसीले अभियान चलायो । राहत सामाग्री बटुलेर पीडामा सहयोग गर्यो । काठमाडौं र पहाडको भुकम्पमात्रै होइन, तराइको विनाशकारी बाढीको पीडामा सबैभन्दा पहिले ग्राउन्ड जिरोबाट एबीसीले रिपोर्टिङ ग¥यो ।

एबीसी जनताको टेलिभिजन हो । त्यसैले जनताको आ“शुमा रमाउने भ्रष्टाचारी र अपराधीको कठालो समात्ने सवालमा दुईपटक कहिल्यै सोचेनौं । एबीसीको क्यामेराका लागि खराबहरु एकै नजरमा खराब हुन् । जनतासामु तिनलाई उदाङ्गो पार्दै आएकै छौं । अब त त्यही नै मुख्य समाचारको एजेण्डा बन्न पुगेको छ ।

सत्य, तथ्य र विश्वसनीय काममा कहिल्यै नचुक्ने प्रतिवद्धता व्यक्त गरेका हामी, प्रविधिको प्रयोगस“गै बढीभन्दा बढी दर्शकको पहु“चमा जाने प्रयास पनि जहिल्यै गरिरह्यौं । देशभरबाट बृहद् राजनीतिक अन्तरक्रिया गरेर केन्द्रिय स्टुडियोबाट लाइभकास्ट गरेका छौं । सबै जिल्लाबाट प्रत्यक्ष प्रशारण गर्न सफल भएको उदाहरण हामी संग छ । हामीले प्रशारणको दोस्रो वर्षबाटै अमेरिका ब्यूरो स्थापना गर्यौं । गत वर्षदेखि चीनको सिचुवान प्रान्तबाट एसिया प्रशारण केन्द्र रेडियो एण्ड टेलिभिजन (सिडिआर टिभी)स“ग दीर्घकालीन सहकार्य सुरु गर्यौं । यसले हाम्रा दर्शकको रुचिमा विविधता थपेको छ भने हाम्रो काम गराईमा थप जिम्मेवारी बढाएको छ ।

सुरु गरेका कामको निरन्तरता र नविन कामको सुरुवात एबीसी मिसन हो । सत्य, तथ्य र विश्वसनीयतामा हामी कहिल्यै चुक्दैनौं र नया“ प्रयोगमा कहिल्यै पछाडी हट्दैनौं । सदा झैं गाउँ , शहर र दुनियाँ ब्यूँझाउने हाम्रो अभियान जारी छ । र, निरन्तर जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group