काठमाडौं,१९ भाद्र । अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । धनुषामा गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्माको पेटमा गोली लागी घाइते भएका हुन् ।
उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुर–ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका– ७ मा उनलाई अज्ञात समुहले गोली प्रहार गरेको थियो ।
ज ५ प ७९८८ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकल नै चढेर आएका दुई जनाले गोली हानेर भागेको शर्माले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्