ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकांश मासु पसल मापदण्ड विपरीत


एबीसी न्यूज
१९ भदौ २०७५, मंगलबार   २ : १२   बजे

भक्तपुर, १९ भाद्र । भक्तपुर नगरपालिकाले पटक-पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ । आज भक्तपुर नगरपालिकाले नौवटा मासु पसलमा गरेको अनुगमनका क्रममा मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत पाइएको हो ।

नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायकमा नौवटा मासु पसलमा भएको अनुगमनमा कोल्ड स्टोर तथा मासु पसल मापदण्ड विपरित सञ्चालन भएको र अत्याधिक फोहर पाइएको हो ।

अनुगमनमा न्यू महालक्ष्मी कोल्ड स्टोर, सिद्धिगणेश मिट सप, रामकृष्ण शाहीको राँगाको मासु पसल, ‘महिमा कोल्ड स्टोर, कमलविनायक माछापसल, सुभानी कोल्ड स्टोर, भक्तपुर कोल्ड स्टोर, कार्यविनायक मिट सप, लक्ष्मी शाहीको राँगोको मासु पसलको अनुगमनको क्रममा यस्तो भेटिएको हो ।

अनुगमनका क्रममा अधिकांश पसलमा बधस्थल फोहर रहेको, पसल दर्ता प्रमाणपत्र नभएको, सेतो एप्रोन प्रयोग नगरेको, मासु काट्ने काठ ढुँसी परेको, ढक तराजु नमिलेको पाइएको छ ।

अनुगमन टोलीले मासु सिसाभित्र राख्न, पसल दर्ता एवं नवीकरण गर्न, डिजिटल तराजु राख्न, पसल सफा राख्न, मूल्यसूची राख्न, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न निर्देशन दिएको नगरपालिकाका सरसफाई उपशाखाका वरिष्ठ निर्देशक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

त्यस्तै मासु भूइँमा राखेर बेच्ने गरेकाले त्यसो नगर्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न निर्देशन दिँदै खिया लागेको आंैजार नियन्त्रणमा लिएको छ भने नवीकरणमा नभएका र बिगारिएका तराजु नियन्त्रणमा लिएको छ ।

नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, सदस्य सचिव दिलीपकुमार सुवाल, कर उपशाखा, उद्योग वाणिज्य सङ्घ भक्तपुर, उपभोक्तमञ्च, प्रहरी प्ररिसर भक्तपुर, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुमगन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu