लुम्बिन २० भाद्र । देश भरि साना हातहतियार मार्फत आपराधिक घटना क्रममा बृद्धि भईरहेको बेला रुपन्देहीमा प्रहरी द्वारा दुई युवक माथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूर अन्र्तगत मुद्दा दायर गरेको छ ।
श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरीसेनाको लुम्बिनी भ्रमण पूर्बसन्ध्यामा एकथान कटूआपेस्तोल र एकथान छुरा सहित पक्राउ परेका कपिलबस्तु शुद्धोधन गाँउपालिका ५ बस्ने २० बर्षीय राजेन्द्र लोध र रुपन्देही १९ बर्षीय सुनिल कुमार यादवलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले आईतवार रुपन्देही जिल्ला अदालतमा सो मुद्दा दायर गरेको हो ।
ईप्रका लुम्बिनीको प्रहरी निरीक्षक शंकर पोखरेलको कमानमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको लोहखडिया चौक स्थित चेकजाँचको क्रममा शुक्रवार राति १० बजे लु.२९ प.२९१९ नं.को मोटरसाईकलसहित ती युवाहरुहरुलाई प्रकाउ गरिएको प्रहरीले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्