धादिङ, २१ भाद्र । प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ ।
लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो ।
उनीहरूका साथबाट १०० एमएलको कोरेक्स १८ बोतल र निट्राभाट ट्याबलेट ५१ थानसमेत बरामद गरी अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्