ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके जिल्लामा ट्राफिक व्यवस्थापनमा कठिनाइ


bhawani desk
२१ भदौ २०७५, बिहिबार   ११ : ०४   बजे

बाँके, २१  भाद्र । जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो ।

जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको भरमा चलेको छ । चौबिस जनाको दरबन्दी रहेको जिल्लामा काजमा आएकासहित ३१ जनाको भरमा चलिरहेको छ ।
“काजमा आएका ट्राफिक प्रहरी कतिबेला काज फिर्ता लिएर जान्छन् भन्ने टुङ्गो छैन ।”, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भन्नुभयो, “काज फिर्ता भए व्यवस्थापनमा थप कठिनाइ हुन्छ । जनसङ्ख्या वृद्धि उच्च रहे पनि दरबन्दी थप नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ ।”

ट्राफिक प्रहरीले शहरोन्मुख क्षेत्र खजुरा, कोहलपुर, शमसेरगञ्जका साथै पूर्व–पश्चिम राजमार्गको ७० किलोमिटर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन गर्नु परिरहेको छ । ‘‘बढ्दो जनसङ्ख्यासँगै सोही अनुपातमा चल्ने सवारीको सङ्ख्या हेर्ने हो भने बाँकेमा कम्तिमा ८० ट्राफिक प्रहरीको दरबन्दी आवश्यक छ”, उहाँले उल्लेख गर्नुभयो ।

बाँकेमा ४५ हजारको हाराहारीमा दैनिक सवारी साधन गुड्ने ट्राफिक प्रहरीको अनुमान छ । सवारी साधनको यो सङ्ख्याको अनुपातमा एक ट्राफिक प्रहरीले करीब ८२० सवारी साधन हेर्नुपर्ने हुन्छ ।

प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “सवारी चालक अनुमतिपत्र, ब्लुबुक जाँचलगायत सवारी नियम उल्लङ्घनका काममा जनपद प्रहरीले सघाउँदा केही सहज भइरहेको छ ।” सवारी साधनको वृद्धि उच्च रहेसँगै ट्राफिकमैत्री पूर्वाधार नहुँदा जिल्लाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै गएको छ ।
भाडाका घरमा ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय र ट्राफिक प्रहरी पोष्ट कोहलपुर (साविकको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय) बाहेक ११ ट्राफिक प्रहरी पोष्ट भवन अभावमा भाडाका घरमै छन् ।

ट्राफिक प्रहरी पोष्ट नेपालगञ्ज (बसपार्क) फुल्टेक्रा, गनापुर, शम्सेरगञ्ज, कुसुम, सम्झना, धनौली, मदनचोक, कोहलपुर (चप्परगौडी), कोहलपुर (हाइस्कूल) र चिसापानीको आफ्नै भवन नहुँदा भाडाका घरबाट सञ्चालन गर्नु परिरहेको प्रहरी निरीक्षक रोकायले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीको सहयोगका कारण घरभाडालगायत ट्राफिक व्यवस्थापनका काम सहज भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group