ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेतहनीकी २६ वर्षीया अन्नुको मृत्यु रहस्यमय बन्दै


bhawani desk
२१ भदौ २०७५, बिहिबार   २ : ०४   बजे

बाँके, २१ भाद्र । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो ।

दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ ।

माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दाबी छ ।

मृतककी भाउजू विन्दुकुमारी बर्माले भन्नुभयो, “शरीरमा हिलो पनि लागेको छैन, घरभित्र रगत लत्पतिएको छ । टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रयोग गरेको स्पष्ट देखिन्छ । यसलाई सामान्यरुपमा मृत्यु भएको कसरी भन्न मिल्छ ?”

दाइजो नल्याएको भन्दै पटकपटक विवाद भइरहने गरेको भए पनि १५ दिनअघि सासू र छिमेकी हरिहरप्रसाद तेलीलाई रातिको समयमा सँगै सुतेको देखेपछि विवाद बढेको भन्दै मृतक बर्माले माइती पक्षलाई समेत जानकारी गराएको भाउजू विन्दुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दाइजोका विषयमा त सधैँ घरायसी झगडा भइरहन्थ्यो, विगत केही महिनादेखि मृतककी सासू र छिमेकी हरिहरप्रसादसँगै सुतेको भेटेपछि विवाद बढ्यो ।

गाउँमा हल्ला फैलिन्छ भन्ने डरले हत्या गरिएको हाम्रो दाबी छ ।” श्रीमती अन्नुको मृत्यु भएपछि दुबईबाट घर फर्किएका श्रीमान्ले आफ्नी आमाको बचाउ गर्दै हत्यामा संलग्न नभएको दाबी गरिरहेका छन् ।

छिमेकी रामबाबु बर्माले घरभित्र हत्या गरी नालीमा फालिएको दाबी गर्नुभयो । “नालीमा डुबेर मृत्यु भएको भए घरभित्र रगतका टाटाहरु किन देखिए ? प्रहरीले किन घरभित्र खानतलासी नगरेरै घरटनास्थलको मात्रै मुचुल्का लियो ?” पत्रकारहरुसँग प्रश्न गर्दै बर्माले भन्नुभयो, “नालीमै डुबेको भए पनि शरीरमा हिलो वा फोहर त हुनुपथ्र्यो ?”

मृतक अन्नुको शरीरमा हिलोसमेत नलागेकाले हत्या नै भएको बर्माको दाबी छ । उहाँले भन्नुभयो, “नालीमा डुबेकी अन्नुको टाउकोमा धारिलो हतियार प्रयोग गरिएजस्तो गहिरो चोट लागेको छ । शरीरभर नीलडाम छ, विभिन्न भागमा घाउ लागेका छन्, यो हत्या नै हो, सूक्ष्म अनुसन्धान होस् ।”

माइती पक्षको किटानीका आधारमा प्रहरीले सासू, देवर र छिमेकी हरिहरप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले भने यस विषयमा अनुसन्धान भइरहेकोले सबै कुरा भन्न नमिल्ने बताउनुभयो ।

उहाँले अनुसन्धानका क्रममा पीडक र अन्य छिमेकीको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group