ढाका,२१ भदौ । साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीचको खेलमा नेपाल ४–० ले विजयी भएको छ ।
नेपालका लागि निराजन खड्का, भरत खवास, सुनील बल र अनन्त तामाङले एक एक गोल गरे ।
खेलको ८७ औं मिनेटमा नेपालका लागि ८७ मिनेटमा चौथो गोल गरेका हुन् । उनले खेलको ७८ औं मिनेटमा नेपालका लागि निकै टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।
त्यसअघि नेपालका लागि भरत खवासले तेस्रो र सुनील बलले दोस्रो गोल गरेका थिए । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा खेल शुरु भएको २१ औं मिनेटमानेपालले भुटानविरुद्ध पहिलो गोल गरेको छ । नेपालका अनन्त तामाङले नेपालका लागि पहिलो गोल गरेका हुन् ।
नेपाल आज नियमित कप्तान विराज महर्जनको नभएर गोलकिपर किरण लिम्बूको कप्तानीमा मैदानमा उत्रिएको छ । किरणको यो नेपाली राष्ट्रिय टीमका लागि पहिलो पटक कप्तानी हो ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ ले हारेको थियो। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ। साफ च्याम्पियनसिपमा यसअघि नेपालले भुटानसँग २ खेल खेलेको छ। जसमा दुईवटै खेलमा नेपाल विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्