ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा


bhawani desk
२२ भदौ २०७५, शुक्रबार   १२ : ०१   बजे

बाँके, २२ भाद्र ।  जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ । हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन् ।

अन्य व्यावसायिक बैंकभन्दा भरपर्दो, खाता खोल्न र रकम झिक्न सजिलो, कम आय भएका र सामान्य लेखपढ गर्न जान्नेलाई सहज हुने भएकाले शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका नागरिक हुलाक बैंकप्रति बढी आकर्षित छन् ।

तर सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेसँगै बचतकर्तामा भने निराशा छाएको छ ।

सरकारले हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सार्ने योजना ल्याएसँगै बचतकर्ता निराश बनेका छन् । हुलाक बचत बैंकमा भन्दा अन्य वाणिज्य बैंकमा खाता हस्तान्तरण हुँदा बचतकर्ताले १५ प्रतिशत आयकर तिर्नुपर्नेछ । आयकर तिर्नु नपर्ने, सहजैरूपमा नयाँ खाता खोल्न र रकम जम्मा गर्न सकिने भएपछि बचतकर्ताको हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो थियो ।

रकम बचत गर्दै गरेका डुडुवा–२ बेतहनीका रामदिन बर्माले भन्नुभयो, “रु एक सयमै खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले यहाँ पैसा जम्मा गर्छु । सरकारले यो व्यवस्था खारेज गर्ने भनेको छ, अब कुन बैंकमा खाता सार्ने हो । खाता सारेपछि हामीलाई हैरान हुन्छ । यहाँजस्तो सुविधा अरु बैंकमा पाइँदैन ।”

कारोबार गर्न सहज भएकै कारण निम्न आय भएका बाँकेवासीको हुलाक बचत बैंकप्रतिको आकर्षण निकै बढेको हो । रिक्सा चालक रमेश धोबी भन्नुहुन्छ, “सजिलो सेवा, आकर्षक ब्याजदर र सुरक्षित बचत भएकाले दिनभरि रिक्सा चलाएर कमाएको रकम यहाँ जम्मा गरिदिन्छु, अरु बैंकभन्दा यहाँ रकम जम्मा गर्न सजिलो छ ।”

बाँकेमा हुलाक बचत बैंक शुरु भएसँगै निम्न आय भएका वर्गबीच लोकप्रिय भइरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाममा रहेका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बंैकको रूपमा रहेको हुलाक बचत बैंकप्रति निम्न आय भएका समुदायका लागि सहज पहुँचका रूपमा हुलाक बचत बैंकलाई लिइएको छ ।

“हामीले सहजरूपमा सेवा पाइरहेका थियौँ, अब अन्य बैंकमा खाता हस्तान्तरण गरी कारोबार गर्दा झण्झट व्यहोर्नुपर्ने त छँदैछ । त्यसमाथि १५ प्रतिशत आयकर तिर्नुपर्ने भएको छ,’ बचतकर्ता नेपालगन्ज–२३ का बिनय बर्माले भन्नुभयो, ‘सरकारले यो बैंक खारेज नगरेको भए हुन्थ्यो ।’ हुलाक बचत बैंकमा बचत गरेवापत साधारण बचतमा छ प्रतिशत र जेष्ठ नागरिक बचत खातामा सात प्रतिशत बार्षिक ब्याज पाइन्छ ।

चिठ्ठीपत्रलगायत सञ्चारका अन्य काममा व्यस्त रहने हुलाकका कर्मचारी पनि बचतकै काममा बढी केन्द्रित हुनुपरेको जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोआज चिठ्ठीपत्रभन्दा पनि हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको छ । थोरै रकम जम्मा गर्न सकिने र राम्रो ब्याजदर प्राप्त हुने भएपछि यस बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।”

जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाका अनुसार बाँकेमा दुई हजार ८० खातामध्ये एक हजार ७७५ खाता सञ्चालनमा रहेका छन् । बचतकर्तामध्ये न्यून आय भएका धेरै रहेको र त्यसमध्ये पनि ग्रामीण क्षेत्रका नागरिक रहेको गडरियाले बताउनुभयो । बचत बैंकमा हाल रु नौ करोडभन्दा बढी रकम रहेको उहाँले बताउनुभयो ।

फाँट प्रमुख गडरियाका अनुसार रु ५० देखिमाथि रु १० लाखसम्म जम्मा गर्न पाइने भएपछि सहजताका आधारमा बचतकर्ताको आकर्षण बढ्दो क्रममा रहेको थियो । खाता हस्तान्तरणले ग्राहकको गुनासो बढेको छ, ऋण लगानी र नयाँ खाता खोल्न विभागकै निर्देशनअनुसार रोकिएको छ ।

‘तर बचतकर्ता नयाँ खाता खोल्न र ऋण माग गर्न आइरहनुभएको छ । हामीले सम्झाएर पठाउने गरेका छौँ”, फाँट प्रमुख गडरियाले भन्नुभयो । बाँकेमा २०६३ असोजदेखि हुलाक बचत बैंक सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group