ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पति र जेठाजु मिलेर मलाई सामूहिक बलात्कार गरे– नवविवाहित दुलही


एबीसी न्यूज
२२ भदौ २०७५, शुक्रबार   १२ : ३७   बजे

काठमाडौं २२ भाद्र । पति र जेठाजु मिलेर सामूहिक बलात्कार गरेको आरोपमा पति र जेठाजुलाई जिल्ला अदालतले पुर्पक्षका लाग जेल चलान गरेको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश सूर्य प्रसाद अधिकारीको इजलासले पोखरिया नगरपालिका १ वनकटवाका २७ वर्षीय राजकपुर ठाकुर र उनका दाजु ४० वर्षीय सुरेन्द्रलाई बुधबार जेल चलान गरेको हो  ।

राजकपुरकी २० वर्षीया पत्नीले पति र जेठाजु मिलेर आफूलाई पटकपटक जबर्जस्ती र सामूहिक बलात्कार गरेको जाहेरी साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन् । त्यसपछि प्रहरी सक्रिय भएर दुबै आरोपितलाई पक्राउ गरेको हो  ।

उनी र राजकपुरबीच यसै वर्षको असार ७ गते परम्परागत मागी विवाह भएको हो । पतिको घरमा पुगेपछि जेठाजु सुरेन्द्र घरमा हावी भएको अनुभूति आफूले गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

असार ११ गते राति करिब ११ बजेको समयमा आफू पति राजकपुरसँग घरको कोठामा रहेको बेला जेठाजु सुरेन्द्र पनि आफ्नो कोठामा प्रवेश गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन्  । ‘जेठाजुलाई मुख देखाउन नहुने, जिउ छुन नहुने परम्परा रहेकाले म कोठा बाहिर निस्कन खोज्दा पति राजकपुरले मेरो हात समातेर हामी दाजुभाइ एक हौं,’ जाहेरीमा लेखिएको छ, ‘हामीसँग संकोच मान्नु पर्दैन भन्दै मलाई सुत्ने पलंगमा बसाए र दाजु सुरेन्द्रलाई पनि पलंगमा आउन संकेत गरे ।’

जाहेरीमा लेखिएको छ, ‘यसरी दुवै दाजु भाइ मेरो पलंगमा बसी मलाई सुमसुम्याउन थालेपछि मैले विरोध गरें, मैले विरोध गर्ने बित्तिक्कै मलाई जेठाजु सुरेन्द्रले बलपूर्वक दुवै हात समाई पलंगमा पछारी ममाथि चढे ।’ आफ्नो संरक्षण गर्नुपर्ने दायित्व भएका पति राजकपुरले झन् आफ्नो लुगा खोली मुख थुनी दाजु सुरेन्द्रलाई जबर्जस्ती करणी गर्न सघाएको उनले जाहेरीमा दाबी गरेकी छन् ।

जेठाजु सुरेन्द्रले आफ्नो अस्मिता लुटेपछि पतिले पनि जबर्जस्ती गरेको उनले उल्लेख गरेकी छन् । आफूले यसको विरोध गर्दा धारिलो चक्कु देखाई कसैलाई भने वा केही बोले ज्यान मार्ने धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् । यसरी आफू पटकपटक बलात्कृत हुँदै आएको उनले दाबी गरेकी छन् ।

पति र जेठाजु दुबै काठमाडौंमा रोजगारी गर्ने र आफूलाई पनि काठमाडौं जान पटकपटक दबाब दिएकोमा आफूले माइतीमा आएर आमालाई बताएपछि प्रहरीलाई उजुरी गर्न आएको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

आरोपित राजकपुर र सुरेन्द्रले आफूहरू उपरको आरोप निराधार रहेको बयान अदालतमा दिएका छन् । न्यायाधीश अधिकारीले आरोपित ठाकुरद्वयलाई मुलुकी ऐन २०७४ को दफा ६७९१० को आधारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको ८० नम्बर बमोजिमको थुनुवा पुर्जी दिई कारागार पठाउन आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group