ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो


एबीसी न्यूज
२२ भदौ २०७५, शुक्रबार   २ : ०५   बजे

काठमाडौं,२२ भाद्र । युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएसँगै जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु भएको हो ।

जग्गाको नापजाँच, कित्ताकाटलगायत काम भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नियकाले गर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न गरीबी निवारण मन्त्रालयलाई आग्रह गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जग्गा उपलब्ध गराउँदा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले स्थानीयवासीसँग सहकार्य र सहजीकरण गर्नेछ । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले खेलकूद मन्त्रालयबाट पत्र प्राप्त भएकाले तत्काल कार्यान्वयन गरिने बताउनुभयो । “मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयनमा लैजान्छौँ,” उहाँले भन्नुभयो ।

निर्माणाधीन मूलपानी क्रिकेट मैदानको पश्चिमट्टि १० स्थानीयवासीको ४७ आना जग्गा मुआब्जाबारे शुरुआतदेखि नै विवाद रहँदै आएको थियो ।

मन्त्रिपरिषद्ले गत साउन २९ गते जग्गाधनीलाई जग्गाको साटो जग्गा नै उपलब्ध गराउने निर्णय गरेको थियो । निर्णयसँगै उक्त विवाद समाधान भएको हो । मन्त्रिपरिषद् बैठकले १० जग्गाधनीलाई राखेपको भोगचलनमा रहेको मूलपानी मैदानको गुरुयोजना बाहिरको जग्गा स्थानीयवासीलाई उपलब्ध गराउने निर्णय गरेका छ ।

मैदानको पश्चिमपट्टि १७ कित्ता (४७ आना) जग्गा थियो । हालको कागेश्वरी मनोहरा नगरपालिका–६ का रत्नदेवी श्रेष्ठको चार आना, फूलमाया तामाङको तीन, अनिता गिरीको तीन, बेञ्जु उप्रेतीको तीन, गोमा कार्कीको तीन, नवराज अचार्यको आठ दशमलव दुई, लक्ष्मी बाँस्कोटाको १२, गोविन्दहरि श्रेष्ठको दुई दशमलव दुई, कविता तिम्सिनाको चार दशमलव एक तथा पेमा तामाङको तीन दशमलव दुई आना जग्गा थियो । उनीहरुले जग्गाको सट्टा जग्गा नै पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu