काठमाडौं,२२ भाद्र । मकालु यातायातले अनलाईन टिकटिङ सेवा संचालनमा ल्याएको छ ।मकालु यातायातले यात्रुहरुलाई अनलाईनबाटै टिकट लिने सेवा शुक्रबारबाट सूरु गरेको हो ।
सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मकालु यातायात प्रा. लिका अध्यक्ष तुलसीमान सिंहले यात्रुहरुलाई सहजहोस् भनेर अनलाईन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिनु भयो ।
टिकट लिनका लागि यात्रुहरुले सो यातायातको आधिकारिक वेबसाईट डब्लू डब्लू डब्लू डट माउन्ट मकालु डट कम डट एनपी बाट टिकट बुकिङ गर्न सकिनेछ ।
यसै अवसरमा मकालु यातायातले प्रत्येक अनलाईन टिकटको खरिदमा ‘१० प्रतिशत क्यास ब्याक’ योजना पनि सार्वजनिक गरेको छ । सो योजना आगामी असोज ५ गतेसम्मका लागि मात्रै लागू हुने गरी तय गरिएको पनि मकालु यातायातका अध्यक्ष सिंहले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्