बझाङ,२२ भाद्र । बझाङको मष्टा गाउँपालिकामा किशोरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न १ कोटदेवल घचायामा घर भएकी १८ वर्षिया आशा कुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
शुक्रबार विहान १० बजे जिल्लाकै सकुन्याडी भन्ने ठाउँमा घाँस काट्न गएकी खड्का घाँस काटिरहेको स्थानबाट करिब २०० मिटर तल खसेकी हुन ।
खड्का जिल्लाको सत्यवादी माविमा कक्षा ११ अध्ययनरत विधार्थी रहेकी थिइन् । गएराति आएको अविरल वर्षाले गर्दा घाँस काट्ने ठाँउमा चिप्लो भएका कारण उनको मुत्यु भएको आफन्तले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्