बाँके,२२ भाद्र । बालिका बलात्कार गरेको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् । बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप पक्राउ परेका हुन ।
नेपालगन्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
अधिकारी थरका व्यक्तिले केही समयअघिदेखि नेपालगन्जमा ज्योतिषको काम गर्दै आएका छन् । बाँकेमा दुई साताभित्र भएको यो तेश्रो बालिका बलात्कारको घटना हो । कोहलपुरमा यसअघि दुई बालिका आफन्तबाटै बलात्कृत भएको सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्