ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन –काठमाडौ महिला सञ्जालको तीज विशेष कार्यक्रममा यस्तो भने गृहमन्त्रीले


एबीसी न्यूज
२३ भदौ २०७५, शनिबार   ८ : १३   बजे


काठमाडौ , २३ भाद्र । विभिन्न सामाजिक कार्य गर्दै आएको चितवन –काठमाडौ महिला सञ्जालले हरेक बर्ष जस्तै यो बर्ष पनि विविध कार्यक्रम सहित काठमाडौँमा तीज विशेष कार्यक्रम गरेको छ ।
शुक्रवार भएको तीज विशेष कार्यक्रम कार्यक्रम गृहमन्त्री रामबहादुर थापा (बादल)ले उद्धघाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै गृहमन्त्री थापाले आधुनिकताको नाममा हाम्रो मौलिक पहिचानको तीज पर्वलाई भड्किलो बनाउन नहुने बताए ।
उनले तीज पर्वलाई भड्किलो तरिकाले बनाउने गहृमन्त्रालयले कार्वाही गर्ने नीति नै बनाई यस्तो कार्य रोक्न सम्बन्धीत जिल्लालाई निर्देशन समेत दिएको बताए ।
मौलिक पर्वलाई भड्कीलो बनाउनु दुखद् पक्ष हो उनले भने क्षणिक रमाइलोको नाममा पर्वको खास महत्वको धज्जी उडाउनु जायज हो र ?
साथै उनले मौलिक तरिकाले मनाईएको यस किसिमको तीज कार्यक्रमले महिला एकता हुने तर्क समेत गरेका थिए ।
तीजको मौलिक महत्वलाई बुझाउन चितवनबाट काठमाडौँ आई विभिन्न पेशमा आवद्ध र बसोबास गर्ने दिदिबहिनी तथा दाजुभाईहरु एक दिन भए पनि एक ठाउँमा जमघट भई एकता कायम गर्न कार्यक्रम गरेका चितवन काठमाडौ महिला सञ्जालकी अध्यक्ष सावित्रि अधिकारीले बताईन।
यस्तै कार्यक्रममा बोल्दै पूर्व मन्त्री विक्रम पाण्डेले महिला एकतालाई चितवन काठमाडौँका हरेक कार्यक्रम सफल सावित हुदै आएको बताए ।
कार्यक्रममा नै बोल्दै महिला आयोगकी पूर्व अध्यक्ष नैनकला थापाले तीज गीतमा भित्रिएको छाडापनले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको बताईन् ।सञ्चालकी महासचिव रेनुका गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अष्टे«लीयाको लागि नेपाली राजदुत लक्की शेर्पा, भलिबल सघका अध्यक्ष मनोरञ्जन शर्मा, नेता झक्कु सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै सञ्जालले यहि २५ गते अनाथ बालबालिका, वृद्धाआश्रम रहेका बुबाआमालाई समेत दर खुवाउने कार्यक्रम रहेको छ ।
विगत लामो समयदेखि सञ्जाल काठमाडौँमा नै सञ्जालले ‘हप्ताको दुई घण्टा सरसफाइलाइ ध्यान दिऊँ, सफा र स्वच्छ बनी आनन्दले जिऊँ’ भन्ने नारा नै तय गदै कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group