काठमाडौं, २३ भाद्र । गोरखा बारपाक सुलिकोट गाउँ पालीका वडा न २ मा हप्ता दिनदेखी अबरुद्ध रहेको मोटर बाटो खुल्ला भएको छ ।
बारापाक जहा भुकम्पको केन्द्र बिन्दु बारापाक जाने बाटो नागरूङ खोलामा माथीबाट पहिरोसगै आएको ठुलो ढुंगाले बन्द भएको बाटो खुल्ला भएको हो । पहिरोले बाटो बन्द हुदाँ बारापकका १४ सय घर धुरीका स्थानियबासी बजारसंग सम्पर्क विहीन भएका थिए ।
स्थानियबासीहरु बाटो बन्द हुदाँ खाध्यन तथा विरामी उपचारमा समेत कठिनाइ उत्पन्न भएपछि गाउँ पालीका अध्यक्ष बिष्णु भट्ट (शुरेन्द) जिल्ला प्रशासन र सुरक्षा निकायमा पुगी समन्वय गरी प्रमुख जिल्ला अधिकारी र नेपाल आर्मीको बिष्फोटक टिम सहित लिएर अध्यक्ष गाउ पुगेका थिए ।
नेपाल आर्मिले विस्फोट गराई ढुंगा पन्छाएपछि अबरुद्ध बाटो संचालनमा आएको छ । ठुलो ढुंगा सडकबाट हटाएपछि स–साना पहिरो डोजरको प्रयोग गरि हटाइएको छ । बाटो खुल्ला भएपछि बारापाकका स्थानियबासीहरूमा खुसी छाएको छ । बाटो खुले सगै अब स्थानियबासीहरुको गोरखा बजार र काठमाण्डौ संग यातायातको पहुँच जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्