ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीका स्थानीय तहमा ५० वडा सचिवविहिन


एबीसी न्यूज
२४ भदौ २०७५, आइतबार   १० : १९   बजे

बैतडी, २४ भाद्र । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ ।

दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिनुभयो ।

वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन् उहाँले भन्नुभयो, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये चारवटा सचिव नभएका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

यस्तै मेलौली नगरपालिकाका नौवटा वडामध्ये छ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । वडामा सचिव नहुँदा नागरिकले चाहेअनुसारको सेवा पाएका छैनन् उहाँले भन्नुभयो, “सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ ।”

यसैगरी पुर्चाैंडी नगरपालिकाका–१० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिका–८ वडामध्ये तीन वडामा सचिव नभएका गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिनुभयो । यस्तै डिलाशैनी गाउँपालिकामा सात वडामध्ये चार मा सचिव नभएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिनुभयो ।

कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।
जनप्रनिधि आइसकेपछि सहजैरुपमा घरदैलोमै सहजरुपमा सेवा पाउने आश गरेका नागरिक निरास हुंदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu