ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशको कमाइले दाङमा खोलियो सुपरमार्केट


bhawani desk
२४ भदौ २०७५, आइतबार   १० : ५९   बजे

दाङ, २४ भाद्र । पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् ।

दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् । घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर रोकामगरले विदेशबाट कमाएर ल्याएको पैसा संयुक्तरुपमा लगानी गरी जिल्लाकै ठूलो सुपरमार्केट सञ्चालन गरेका हुन् ।

टिमार्टमा खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी, तरकारी, फलफूल, दूध, दही, मासु र तयारी नास्ताका परिकारसमेत पाइने सञ्चालक पूर्णबहादुर रोकामगरले बताउनुभयो ।
टि–मार्टमा थप १३ जनालाई रोजगारीसमेत दिएको उहाँले बताउनुभयो ।

टि–मार्टको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले शनिबार उद्घाटन गर्नुभयो । वैदेशिक रोजगारीको कमाइ घरजग्गा खरीद तथा अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी धेरै रहेको भन्दै भुसालले जिल्लामा सुपरमार्केट सञ्चालन हुनु घोराहीको व्यापारिक क्षमतामा वृद्धिको सङ्केत देखिएको छ भन्नुभयो । अहिले दाङमा रु २०-२२ लाखदेखि दुई करोडसम्मको लगानीमा सुपरमार्केट सञ्चालनमा छन् । २०६७ सालमा घोराहीमा खुलेको जिल्लाकै पहिलो राप्ती सुपरमार्केट पछि ‘नुनदेखि सुन’ सम्म पाइने भएकै कारण सुपरमार्केटको लोकप्रियता बढ्दै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group