रोल्पा, २५ भाद्र । नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्याको विरोधमा तरुण दल रोल्पाले रोल्पा बन्द गरेको छ ।
तरुण दलका नेता पुनको आइतबार सुलिचौरको एक रेष्टुरेन्टमा बोलाई छातीमा तीन गोली हानेर हत्या गरिएको थियो ।
हत्या गर्ने केही व्यक्तिहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले बताए ।
बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । गोली हानेको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पेस्तोलसहित पक्राउ गरेको भए पनि अन्य फरार अभियुक्तहरुलाई तत्काल फक्राउ नगरे अनिश्चितकालीन रोल्पा बन्द गरी आन्दोलन चर्कोउनेसमेत तरुण दल रोल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्