पर्वत, २५ भाद्र । अदालतले पहिलोपटक दाम्पत्य जोडीको सम्बन्ध जोडेको छ । अदालतबाट पति–पत्नीबीचको दाम्पत्य सम्बन्ध छुट्टिएको खबर आइरहँदा पर्वत जिल्ला अदालतले आइतबार एक पोर्चुगलका नागरिकसँग पहिलोपटक नेपाली युवतीको कानुनी विवाह गराएको हो ।
अदालतले नेपालबाट विभिन्न सिलसिलामा पोर्चुगल पुगेर त्यहीँको नागरिकता प्राप्त गरेका पौडेल थरका एक ३० वर्षीय युवा र नेपालमा नै रहेकी विश्वकर्मा थरकी २१ वर्षीया युवतीको विवाह गराइदिएको हो ।
विवाहका लागि निवेदक युवा पोर्चुगलका नागरिक भएकाले त्यहाँको समेत कानुनसँग नबाझिने गरी विवाह प्रमाणित गरी प्रमाणपत्र प्रदान गरिएको रिमालले बताए ।
अदालतबाट भएको पहिलो कानुनी विवाह नै अन्तरजातीय विवाह रहेको छ ।
प्रतिक्रिया दिनुहोस्