ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै युवा


bhawani desk
२६ भदौ २०७५, मंगलबार   ९ : ४३   बजे

पोखरा,२६ भाद्र । कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् ।

बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । सिमसिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्ममार्फत युवाले उक्त योजना अघि सारेका हुन् । बाँझा जग्गामा व्यावसायिक खेती गरी बढ्दो बेरोजगारीको अन्त्य गर्ने अभियान थालिएको सो कृषि फार्मका अध्यक्ष हरिप्रसाद भुगाईंले बताउनुभयो ।

“सिमसिम्ले नेपाने क्षेत्रको तीन हजार २०० रोपनी जग्गा भाडामा लिई बहुउद्देश्यीय व्यावसायिक कृषि अभियान बढाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “हाल २०० रोपनी जग्गा वार्षिक प्रतिरोपनी रु एक हजार ५०० का दरले २५ वर्षका लागि भाडामा लिई काम थालेका छौँ, आवश्यकताअनुसार क्षेत्र बढाउँदै लैजाने लक्ष्य छ ।”

समाजका ज्येष्ठ नागरिकको अविभावकत्व र निर्देशन, युवाको क्रियाशीलता, साविक ढिकुपोखरी गाविस–१ भित्रका सर्वसाधारण मात्र संस्थापक शेयर सदस्य बनाई प्रतिसदस्य रु ५१ हजार शेयर रकम कायम गरिएको छ ।

कृषि फार्मका उपाध्यक्ष शिव अधिकारीका अनुसार संस्थामा हाल १९८ शेयर सदस्य आबद्ध छन् । पशुपालन र व्यावसायिक तरकारीखेती एकसाथ अगाडि बढाउने क्रममा आधुनिक गोठ निर्माण गरी ३८ माउ लैना भैँसी पालिएको र १५ माउ लैना भँैसी थप गर्ने तयारी गरिएको छ ।

हाल फार्ममा ३२ पाडापाडी, एउटा रागो, दुई माउ गाई र एउटा बाच्छो छ । फार्म परिसरमा १० हजार कफी, २६० किबी, पाँच सय एबोकाडो तथा पाँच सय मेकेडेनियनटको बिरुवा रोपिएको छ । आउँदो मङ्सिरभित्रमा बृहत् कृषि योजना तयार गर्दै भौगोलिक अवस्थिति, तापक्रम तथा माटो जाँच गरी कृषिको सम्भाव्यताको पहिचान गर्न लागिएको संस्थाका शेयर सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिनुभयो ।

समूहको पाँच वर्षे कार्ययोजनामा पाँच सय भैँसी, एक हजार बाख्रा, २० हजार कुखुरा तथा फलफूलका लागि १००÷१०० रोपनीको १० वटा क्षेत्र छुट्टाएर व्यावसायिक कृषिमा लाग्ने योजना छ । घरबास कार्यक्रम सञ्चालन र १०० अट्न सक्ने क्षमताको बहुउद्देश्यीय सभा हल निमार्ण गरी कृषिको अवलोकन तथा अध्ययन गर्न एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको कुँवरले बताउनुभयो ।

हाल रु एक करोड ५० लाखमा सञ्चालित उक्त फार्ममा शेयर सदस्यबाट रु एक करोड ९८ हजार सङ्कलन भएको छ । अन्नपूर्ण गाउँपालिकाबाट पूर्वाधार निर्माणका लागि रु ४० लाख अनुदान तथा हरियो वनको सहयोगमा माछापुच्छ उत्तम कफी उत्पादन सहकारी सस्ंथाबाट रु सात लाख ८० हजार सहयोग प्राप्त भएको छ । सो फार्ममा आठ जनाले रोजगारी पाएका छन् । युवा स्वरोजगार अभिवृद्धिका लागि अन्नपूर्ण गाउँपालिकाले अनुदान सहयोग गरेको अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

युवाको सक्रियता बढेपछि पछिल्लो समय जग्गा बाँझिने क्रम घट्दै गएको र प्रत्येक टोल र बस्तीका जग्गा उर्बर बनी आयआर्जनमा उपयोगी बन्दै गएको शेयर सदस्य एवं प्रतिनिधिसभा सदस्य दुर्गा विक बताउनुहुन्छ ।

“युवा पलायनलाई रोक्न यस्तो कार्यक्रम आवश्यक छ,” उहाँले भन्नुभयो । देशका अधिकांश स्थानमा जग्गा बाँझिने क्रम बढिरहेका अवस्थामा ढिकुरपोखरीमा सञ्चालित सो अभियानले अन्य स्थानमा पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको शेयर सदस्य एवं पत्रकार टंकराज अधिकारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group