मोरङ ,२६ भाद्र । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मोरङको बेशी स्थित ठूलोखोलामा सोमबार राती आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।
मोरङको बेशी देखि मल्कवाङ, कुईने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ, रिख जाने बाटोमा पर्ने काठको झोलुङ्गे पुल बगाएको हो । बाढीले बेशीमा संयौ रोपनी खेतीयोग्य जमिन कटान गरेको र बस्ती समेत जोखिममा परेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।
पुल बगाएपछि खोलावारपार बन्दभएको छ । मराङ स्थित जनविकास माविमाआरबाङ, घण्टीबाङ, रिखको बस्तीबाट अध्ययनका लागि आउने विद्यार्थीहरुलाई समस्या भएको छ । एक सय घरधुरी भन्दा बढी प्रभावीत भएका छन् ।
ठुला खोलाको कटानले सिचाइको पाईप र विभिन्नठाउँमा पैदलमार्ग समेत बगाएको छ । बेशी स्थित ठूलो र स्यानो खोलाको दोभानमा रहेको हरिहर मन्दिर जोखिममा परेको छ । स्यानो खोलामा रहेको अस्थाई काठे पुल (साँघु) समेत बाढीले बगाएको छ । बाढी र पहिरोले पु¥याएको क्षत्तीको विवरण संकलन भइरहेको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्