ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षीय बालकलाई मुट उपचारका लागि खर्चको अभाव


एबीसी न्यूज
२६ भदौ २०७५, मंगलबार   १ : ५२   बजे


काठमाडौं,२६ भाद्र । भूकम्प प्रभावित पाँच वर्षीय बालकलाई मुटुसम्बन्धी गम्भीर रोगले च्यापेपछि उपचारका लागि खर्चको अभाव भएको छ ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ प्यूघरका पाँच वर्षीय हिमाल तामाङ मुटुमा प्वाल परी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

भूकम्पले घर भत्किएपछि तामाङकी आमा सेमसाङ तामाङको मानसिक सन्तुलन गुम्यो । हिमाल एक वर्षको हुँदै आमाको मानसिक सन्तुलन बिग्रिएपछि उनमा कुपोषणसमेत भयो । बाबु प्रेमबहादुर तामाङले उनीसहित एक दाजु र दिदीको पालनपोषण गर्दै आउनुभएको थियो । गत जेठ ८ गते प्रेमबहादुरको करेन्ट लागेर निधन भयो ।

अनाथ बनेपछि हिमाललाई स्थानीय मदर सिस्टर बालगृहले जिम्मा लिएको थियो । बालगृहकी अध्यक्ष मीना थापा हिमाललाई निमोनियाँको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याउँदा कुपोषण, मुटुको समस्यालगायत रोग देखिएको बताउनुहुन्छ ।

अध्यक्ष थापाले भूकम्पले आमाबाबु गुमाउनेको सङ्ख्या बढी भएपछि उनीहरुको संरक्षण गर्न २०७२ सालमा बाल गृह स्थापना गरेकोमा हाल २५ जना भूकम्पले आमाबाबु गुमाइ अनाथ बनेका बालबालिका रहेको बताउनुभयो । “उनीहरुको खाने बस्ने एवं शिक्षा दीक्षाको व्यवस्था मिलाउन नै अप्ठ्यारो छ, सहयोग जुटाएर हिमालको उपचार गर्दै आएका थियौँ, मुटुको गम्भीर समस्या देखिएपछि सहयोगीको आशामा छौँ”–उहाँले भन्नुभयो ।

प्रेमबहादुरको मत्युअघि उनका भाइको पनि मृत्यु भएकाले दाजुभाइको किरिया गर्दा लागेको ऋणले परिवार उपचार खर्च जुटाउन नसक्ने अवस्थामा रहेको हिमालका काका सोमबहादुर तामाङले गुनासो गर्नुभयो ।

भदौ ११ गतेदेखि अस्पतालको बाल वार्ड ९०७ नं श्ययामा उपचाररत हिमाललाई बचाउन बालगृह र आफन्तले अनुरोध गरेका छन् । हिमालका दाजु र दिदीलाई भने आफन्तले संरक्षण दिँदै आएका छन् ।

हिमालको एक्स रे र भिडियो एक्स रे प्रतिवेदन अनुसार मुटु ठूलो भएकाले फाल्नुपर्ने जति रगत नफालेको उपचारमा संलग्न चिकित्सक विश्वनाथ साहले बताउनुभयो । रक्तचाप उच्च भएका तामाङलाई औषधिले पनि काम नगरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu