ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीद्वारा स्कूल–स्कूलमा अभियान शुरु


एबीसी न्यूज
२६ भदौ २०७५, मंगलबार   ४ : ३७   बजे

मेलम्ची, २६ भाद्र ।  आपराधिक घटना बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल–स्कूलमा प्रहरी अभियान शुरु गरेको छ । हिजो चौतारामा स्थानीयवासी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको उपस्थितिमा सो अभियान शुरु गरिएको हो ।

अभियानको शुभारम्भ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले गर्नुभएको हो । प्रहरी उपरीक्षक मरासिनीले यौन हिंसा, लागुऔषध र सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउँदै स्कूलस्कूलमा पुग्ने बताउनुभयो ।

उहाँले कानून विपरीतका कार्य मात्र अपराध नभइ कानूनले दिएका काम नगर्नु पनि अपराध हुने भन्दै स्कूले बालबालिकामार्फत् समाजमा सचेतना जगाउन लागिएको छ भन्नुभयो ।

यस अभियानको माध्यमबाट सिन्धुपाल्चोकका ३५ हजार स्कुले बालबालिकासम्म प्रहरी पुग्ने भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशङ्कर पाण्डेले अपराध न्यूनीकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको बताउनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले अपराधमुक्त सिन्धुपाल्चोक निर्माण गर्न प्रहरीसँगै हातेमालो गर्दै स्थानीयवासी नै लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu