काठमाडौँ, २७ भाद्र। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ । नेताहरुको कार्य व्यवस्तता र तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सरको नेकपाका एक जना सचिवालय सदस्यले जानकारी दिए ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल नेकपाको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । बैठक यसअघि बिहान ११ बजेका लागि डाकिएको थियो । बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्