ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन


एबीसी न्यूज
२८ भदौ २०७५, बिहिबार   ९ : ५९   बजे

परासी, २८ भाद्र । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ ।
सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन् र पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर केवल हेर्नका लागि मात्र । पोखरीकै छेउमा कुँवारवर्ती माईथान मन्दिर पनि छ । यही कारणले सो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा परिणत हुँदै गएको स्थानीयवासी बताउँछन् ।

मन्दिर संरक्षण समितिका उपाध्यक्ष ओमनारायण थारूका अनुसार पुरानो जमानामा त्यहाँ सात घर मात्र थारूको बस्ती थियो । सात घरका साथै त्यहाँ ‘सत्त’ अर्थात दैवीय शक्ति रहेकाले त्यस स्थानको नाम पनि सत्तपत्ती रहन गएको उहाँ बताउनुहुन्छ । तराईमा भूमिगत पानी चापाकलको माध्यमबाट निकालेर पिउने गरिन्छ तर त्यस स्थान वरपर जति नै प्रयास गरे पनि धारामा पानी नआएपछि स्थानीयवासीले सोही चुहाडी पोखरी र त्यसकै छेउमा रहेको इनारको पानी पिउने, खाना पकाउने र नुहाउने काममा प्रयोग गर्दै आएका थिए । पछि त्यहाँ खानेपानीको व्यवस्थाले केही त्यहाँको पानीको प्रयोगमा कमी आएपनि थारू समुदायले पनि पोखरीको पानी खाने परम्परा अहिले पनि कायमै राखेका छन् ।

स्थानीयवासी हेमन्ती थारूका अनुसार दैनिक बिहान साँझ सो पोखरीको एक बोत्तल पानी मिसाएर खाना पकाउने गरिएको छ । परम्परादेखि नै चलिआएको र त्यस पोखरीको पानी मिसाउँदा छिटो पाक्ने गरेको उहाँ बताउनुहुन्छ । थारू मात्र होइन अन्य समुदायका बासिन्दामा पनि माईथान उक्त पोखरीप्रति ठूलो आस्था छ । माईथानमा थारू समुदायकै पुजारीले पूजा गर्दै आएका छन् । स्थानीय बासिन्दा खाना खाएर, मासु खाएर वा महिला महिनावारी भएको समयमा पनि त्यहाँ पस्दैनन् पसेमा माताले दुःख दिने फेरि क्षमायाचना पूजा गरेपछि सन्चो हुने उनीहरूको विश्वास छ ।

त्यस पोखरीमा पहँेलो, कालो, सेतोलगायत रङ्गीविरङ्गी माछा पाइन्छ । ती माछालाई खान त के छुने हिम्मतसम्म स्थानीयले गर्न सक्दैनन् । त्यहाँका माछा खाएमा मृत्यु हुने उनीहरूको भनाइ छ । करीब २५/३० वर्षअघि तालीमका लागि आएका नेपाली सेनाको फौजले सोही पोखरीमा नुहाउने, पानी पिउने गर्ने क्रममा माछा पनि मारेर खाएका थिए ।

गाउँलेले त्यहाँको माछा खानु हुँदैन भनेर बिन्ती गरे पनि सेनाका जवानले अटेर गरी माछा खाँदा दुई जवानको मृत्यु भएको स्थानीयवासी ओमनारायण थारूले बताउनुभयो । जवानको मृत्यु भएपछि स्थानीयवासीको आग्रहअुनसार सेनाले त्यहाँ क्षमा पूजा गरेपछि अन्य सिकिस्त बिरामी भएका जवान बाँच्न सफल भएकाले त्यसपछि प्रत्येक वर्ष एक पटक नेपाली सेनाले त्यहाँ गएर पूजा तथा सरसफाइ गर्र्दै आएको उहाँले बताउनुभयो ।

करीब १५ बिघा क्षेत्रफलमा फैलिएको कुँवारवर्ती स्थान (चुहाडी) को उचित संरक्षण र विकास गर्न सके पश्चिम नवलपरासीकै सबैभन्दा धेरै पर्यटक आगमन हुने स्थानको रूपमा स्थापित हुने स्थानीयवासीको भनाइ छ ।

पोखरी र माईथानसहित त्यहाँ केही भागमा जङ्गल, फराकिलो मैदान र पिकनिक तथा विवाहवारीका लागि ट्रष्ट निर्माण गरिएको छ । पर्यटन विभागले उक्त ट्रष्ट निर्माण गरेको हो । पिकनिक जान र घुम्नका लागि अहिले पनि त्यहाँ सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेकाले पार्क र पिकनिक स्थल बनाउने योजना रहेको वडाध्यक्ष कृष्णलाल मुखियाले बताउनुभयो ।
सो क्षेत्रलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि गुरुयोजना नै बनाएर काम अघि बढाइएको उक्त गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । गाउँपालिकाले अहिले त्यसका लागि रु दश लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
उक्त स्थानको विकासका लागि प्रदेश सरकारले पनि चासो लिएको छ । मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश सरकारका पर्यटनमन्त्री लीला गिरीसँग त्यस ठाउँको विकासका लागि कुरा भइरहेको र पर्यटनमन्त्री स्वयं आएर अवलोकन गर्नुभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group