ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई झरनालाई छाँगावरोहण पाठशाला बनाइदै


bhawani desk
२८ भदौ २०७५, बिहिबार   ४ : ५७   बजे

वालिङ, २८ भाद्र । स्याङ्जाको वालिङ चार एलादीमा रहेका दुई झरनालाई छाँगावरोहण (क्यानोनिङ) पाठशालाका रुपमा विकास गरिने भएको छ ।

स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रुपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताउनुभयो ।

पर्वतारोहण, पदयात्रा, जलयात्रा, पाराग्लाइडिङगायतका साहसिक पर्यटकीय गतिविधि सँगसँगै नयाँ आकर्षणको रुपमा छाँगावरोहण खेलप्रति स्वदेशी विदेशीले चासो देखाएको सन्दर्भमा स्याङजामा यसको विकास गर्न खोजिएको हो । नुवाकोट, लमजुङ, सिन्धुपाल्चोक, काठमाडौँ, कास्कीलगायतका जिल्लाका झरनामा व्यावसायिक छाँगावरोहण खेल सञ्चालनमा आएका छन् ।

वालिङ्को खाल्टेखोला झरना तीन तहमा करीब ६० मिटर र वसन्ती रह झरनाको उचाइ २८ मिटर रहेको छ । बच्चाका लागि पनि लक्षित गरी केही महिनाभित्रैमा सोही ठाउँमा छाँगावरोहण गर्ने व्यवस्था समितिले मिलाउँदै छ ।

“ती दुई झरनामा हामीले छाँगावरोहणका क्षेत्रमा दक्ष प्राविधिकको समूहलाई उपस्थित गराएर अध्ययन गरेपश्चात् यसमा पहिलो र दोस्रो चरणको खेल सञ्चालन गर्न सकिने देखियो” अध्यक्ष खनालले भन्नुभयो, “प्राविधिकको सुझावकै आधारमा हामीले यसलाई यो साहसिक खेल सिक्ने क्षेत्रका रुपमा विकास गर्ने गरी स्थानीय १० जना युवालाई दुई चरणको तालीम दिइसकेका छौँ ।”

तालीम प्राप्त स्थानीय युवालाई केही दिनमै स्नातक तहको तालीममा सहभागी गराएर उनीहरुबाटै यी झरनामा व्यावसायिकरुपमा सो खेल सञ्चालन गर्ने समितिले तयारी गरेको छ ।

यो ठाउँमा छाँगावरोहणका लागि स्वदेश मात्र नभएर इण्डोनेशिया, भियतनाम, स्वीडेन, डेनमार्कलगायतका ठाउँबाट विदेशी पर्यटक आउने गरेका छन् । “यी झरनामा छाँगावरोहणको सफल परीक्षण सम्पन्न भइसकेकाले हामीले भौतिक तथा अन्य पूर्वाधार निर्माण तीव्र गतिमा गरिरहेका छौँ” अध्यक्ष खनालले भन्नुभयो, “अब हामी व्यावसायिक तबरले अगाडि बढ्छौँ र प्रचारप्रसारलाई तीव्रता दिन्छौँ ।”

छाँगावरोहणका लागि आउने आन्तरिक तथा बाह्य पाहुनालाई घरबासका रुपमा ख्याति कमाइसकेको सुन्तलाबारी होमस्टेमा बस्ने व्यवस्था मिलाइएको छ । त्यसले पनि यहाँको आर्थिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बढेर जाने वडा नं ४ का अध्यक्ष रनध्वज गुरुङले दाबी गर्नुभयो ।

‘स्मार्ट सिटी’को अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले त्यसको लागि विभिन्न १९ वटा सूचकमध्ये साहसिक खेल तथा पर्यटनलाई एउटा सूचकका रुपमा राखेर योजना बनाएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group