काठमाडौं, ३० भाद्र । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय र दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशव्यापी प्रदर्शन हुँदैछ ।
‘निर्मलाको निम्ति न्याय’ भन्दै देशका १६ स्थानबाट एकैपटक दबाब भेला हुन लागेको हो । बलात्कारविरुद्ध आवाज उठाउन गाईघाटको पिपलचोकमा बिहान ८ बजे, मेलम्ची, हेलम्बु बसपार्कमा दिउँसो १ बजे, भरतपुरको चौबीसकोठीमा साँझ ५ बजे, नेपालगञ्जमा दिउँसो १ बजे, पोखराको मानवअधिकार चोकमा दिउँसो १ बजे, पाँचखाल काभ्रेको समाजकल्याण चोकमा बिहान ८ बजे, राजबिराजको भगवती मन्दिर नजिकै दिउँसो १ बजे निर्मलाको पक्षमा प्रदर्शन हुँदैछ ।
यस्तै इनरुवाको लोकतान्त्रिक चोकमा दिउँसो १ बजे, इटहरीको रेयूकाई चोकमा दिउँसो १ बजे, धरानको भानु चोकमा दिउँसो १ बजे, विराटनगरको ट्राफिक चोकमा दिउँसो १ बजे, तथा बिराट चोकमा दिउँसो १ बजे, दमकको दमक चोकमा दिउँसो १ बजे, झापाको अर्जुनधारामा दिउँसो १ बजे, काँकरभिट्टाको हनुमान मन्दिरमा बिहान ९ बजे र काठमाडौँको माइतीघर मण्डलामा दिउँसो १ बजे पनि प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्