ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमाधम मर्मत हुँदै ग्रामीण सडक


एबीसी न्यूज
३० भदौ २०७५, शनिबार   १ : ००   बजे

 

जाजरकोट, ३० भाद्र । वर्षायाम सकिन लाग्दा यहाँका ग्रामीण तथा मुख्य सडक सञ्चालनमा आउन थालेका छन् । नजिकिँदो चाडपर्वलाई ध्यानमा राखी स्थानीय सरकारले जनतालाई सेवा, सुविधा दिने उद्देश्यले वर्षाले भत्काएका सडकको मर्मत गर्न शुरु गरेसँगै ती सडकहरु सञ्चालनमा आउन थालेका हुन् ।

सरोकारवाला निकायको लामो प्रयासपछि जिल्लाको विभिन्न ठाउँका सडक सञ्चालनको तयारी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताउनुभयो । सदरमुकामभित्र रहेका शान्ति चौतारा तल्लो थाप्ले सडक, पासागाड कालेगाउँ सडक, खलङ्गा पाँचकाटिया सडक, खलङगा रिम्ना सडक, रिम्ना आठबिसकोट सडक, दल्ली तल्लु सडक सञ्चालनमा आउन थालेका छन् ।

गाउँगाउँमा स्थानीय सरकार र स्थानीयको सहकार्यमा घोडेटो बाटोदेखि विद्युत् नहरसम्म मर्मत कार्य शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका–३ कैनाको साङट भेरी खोला जलविद्युत् योजना मर्मतमा स्थानीय जुटेका छन् । नलगाड–८ हल्चौरस्थित घोडेटो बाटो स्थानीयले निःशुल्क निर्माण गरिएको छ ।

स्थानीय र सरकारको सहकार्यमा जिल्लाको भएको जनधनको विषयमा गम्भीर हुँदै पूर्णको काममा जुटेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । वर्षाका कारण नलगाडमा मात्र सडक र अन्य संरचना गरी झण्डै रु ५० करोडभन्दा बढीको क्षति भएको छ ।

केन्द्रीय सरकारदेखि प्रदेश सरकारसँग जिल्लामा भएको क्षतिका विषयमा जानकारी गराई राहत र पुनःस्थापनाको काम पनि सँगसँगै अगाडि बढाइएको जनप्रतिनिधिहरुले बताएका छन् । गाउँगाउँमा गएर क्षतिको विवरण सङ्कलनपछि निर्माण शुरु भएको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताउनुभयो ।

गाउँ छाडेर पाटनतिर गएका स्थानीयािसी पशु चौपाय लिएर घरमा अन्नपात भित्र्याउन आइपुगेको बारेकोट गाउँपालिका–५ का प्रेमविक्रम शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu