ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा विधेयकमा प्रधानाध्यापकको परिभाषा परिवर्तन


bhawani desk
३० भदौ २०७५, शनिबार   २ : ०३   बजे

काठमाडौं, ३० भाद्र । संसदीय समितिले शुक्रबार पारित गरेको अनिवार्य तथा निशुल्क शिक्षा विधेयकमा प्रधानाध्यापकको पुर्व परिभाषा परिवर्तन गरिएको छ ।

मन्त्रीपरिषद्बाट पारित भई संसदीय प्रकृया पुरा गरेर समितिमा आएको विधेयकको दफा २ मा विद्यार्थी र शिक्षकको परिभाषा पनि थप गरिएको छ ।

समिति अन्तरर्गत सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदनलाई समितिले पारित गरेको हो ।

सोही खण्डमा विद्यार्थी र शिक्षकको परिभाषा थप गरिएको छ । विद्यार्थी भन्नाले विद्यालयमा भर्ना भई अध्ययन गरिरहेका ब्यक्तिलाई सम्झनु पर्नेु भन्दै उक्त बुँदामा सो शब्दले अनौपचारिक, खुल्ला, वैकल्पिक लगायतका कार्यक्रममा शिक्षा हासिल गरिरहेका व्यक्तिलाई समेत जनाउने उल्लेख छ ।

यसैगरी ुशिक्षक भन्नाले विद्यालयको अध्यापक सम्झनु पर्ने उल्लेख गर्दै सो शब्दले प्रधानाध्यापकलाई समेत जनाउनेु उल्लेख छ ।

यस अघिको आाधरभूत शिक्षाको परिभाषालाई समितिले प्रारम्भिक बालविकास तथा शिक्षा भन्ने पदावली प्रयोग गरेको छ । जसमा ुचार बर्ष उमेर पुरा भएका बालबालिकालाई कक्षा १ मा प्रबेश गर्नुभन्दा अगाडी दिईने एक बर्ष अवधिको बालबालिकाको विकासमा केन्द्रित बाल विकास तथा शिक्षालाई सम्झनु पर्ने उल्लेखु गरिएको छ ।

यस्तै सार्वजनिक विद्यालयको परिभाषामा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी वा अनुदानमा सञ्चालित विद्यालय सम्झनु पर्नेु उल्लेख गर्दै सो शब्दले प्रचलित कानून बमोजिम सामुदायिक विद्यालयको रुपमा सञ्चालित विद्यालय समेतलाई जनाउनेु उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group