ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वाइन फ्लुका कारण विद्यालय बन्द


एबीसी न्यूज
३० भदौ २०७५, शनिबार   २ : २६   बजे

राजविराज, ३० भाद्र । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकोे छ ।

उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिनभयो ।

उक्त नगरपालिकाभित्र रहेका सबै विद्यालय बन्द गर्नुका साथै सबैलाई सजक र सर्तक रहन आग्रह पनि गरिएको छ । उक्त रोगबाट बढीमात्रा विद्यार्थीमा सङ्क्रमण हुन सक्ने भएकाले विद्यालय बन्द गरिएको र सङ्क्रमण नहटेसम्म विद्यालय बन्द जारी नै रहने उहाँले बताउनुभयोे ।

उक्त नगरपालिकाका साथै हनुमाननगर कङ्कालिनी नगरपालिका र महादेवा गाउँपालिकामा सयौंजना अहिले ज्वरो र खोकीबाट पीडित हुन थालेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गत भदौ २४ गतेदेखि गरिएको स्वास्थ्य शिविरमा २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा कञ्चनरुप नगरपालिका– ७ का हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो ।

उक्त क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ ९स्वाइन फ्लु० र ’एचथ्रिएनटु’ ९हङकङ फ्लु० को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सो रोगबाट कञ्चनरुप नगरपालिका– ४ की ६० वर्षीया भालसरदेवी सरदार र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल, कञ्चनरूप नगरपालिका– ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको पनि मृत्यु भइसकेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu