काठमाडौं, १ असोज । संघीय समाजवादी फोरमले संविधान दिवसलाई ‘कालो दिवस’को रुपमा मनाउने निर्णय नभएको जानकारी दिएको छ ।
सोमबार फोरमले एक विज्ञप्ति जारी गर्दै संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा पार्टीले संविधान दिवसको दिन अर्थात् असोज ३ गते कालो दिवसको रुपमा मनाउन पार्टीले कुनै निर्णय नगरेको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमी कमजोरीहरुलाई सच्याउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्दै थप अधिकारहरु प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलहरुबीच समझदारी भएको छ ।’
प्रतिक्रिया दिनुहोस्