ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झन्डै दुई लाख मुल्यबराबरको मदिरा चोर्ने भिआइपी चोर प्रहरी फन्दामा


एबीसी न्यूज
२ आश्विन २०७५, मंगलबार   ६ : ४५   बजे
चितवन , २ असोज । चोरीका गतिविधिलाई नियन्त्रणमा लिनु र चोरलाइ आवश्यक कानुनी दायरामा ल्याइ कठघरामा उभ्याउनु  पुलिसको कर्तव्य हो ।
तर, समाजमा दैनिकीजसो चोरीका घटना भइरहने तर चोर भने पत्ता नै नलाग्ने भएमा पुलिसलाई कति धेरै तनाव होला । अहिले यस्तै तनाव ब्यहोर्नेमा एक हो : चितवन प्रहरी । चोर र पुलिसको लुकामारीले अधिकांश चोरहरु अझै नियन्त्रण बाहिर नै रहेको छ । चोरी नियन्त्रणका लागि चितवन प्रहरीले जिल्लामा प्रहरी निरीक्षकको कमान्डमा एउटा विशेष टोली नै गठन गरेको छ । प्रहरीले पनि आवश्यक सुरक्षा दिइरहेको बताइएको छ । तर, चोरहरुले भने आफ्नु चोरी अभियानलाई निरन्तरता नै दिइरहेका छन् । भने चोर अझैसम्म  पक्राउ समेत पर्न सकिरहेका छैनन् ।
मदिरा चोर्ने भिआइपी चोर ।
प्रायःजसो हामीले पैसा, गरगहना, घडी, मोबाइल, ल्यापटप आदी इत्यादी चोरी भएको घट्ना सुनिएकै हो । तर, चोरहरुले महँगो महँगो रक्सी मात्रै छानीछानी चोर्छन् भन्दा तपाईंहरु अनौठो मान्नुहुन्छ होला । तर, खबर सत्य नै हो । चितवनका एक चोर महाशयले जिल्लामा रहेका विभिन्न होटलहरुमा पुगेर पसल नै फोरी महँगा महँगा रक्सीहरु पनि चोर्न थालेका छन् ।
५० तोला सुन चोरेको आरोपमा एक महिला पक्राउ परेको महिनादिनमै महँगा महँगा रक्सीहरु चोरी गरेको आरोपमा एक पुरूष प्रहरी नियन्त्रणमा आएका छन् । यसरी मदिरा पसल नै फोरेर छानी – छानी महँगो प्रकारका मात्रै रक्सीहरु चोरी गर्ने व्यक्ति हुन्, जिल्ला धादिङ, ज्वालामुखी गाउँपालिका वर्डा नम्बर २ घर भई हाल नवलपुर गैँडाकोटमा डेरा गरी बस्ने वर्ष २३ को  विवेश परियार । परियारमाथि गत साउन ३० गते राती भरतपुर महानगरपालिका ७, कृष्णपुर क्यान्सर अस्पताल नजिक रहेको एक मदिरा पसलमा चोरी भएको आरोप लागेको छ । नेपाली बजारमा महँगा र राम्रा मानिने डबल ब्ल्याक लेभल, ब्ल्याक लेभल, रेड लेभल, ब्ल्याक ओल्ड दरबार, सिग्नेचरजस्ता नेपाली बजारमा बिक्री हुने महँगा रक्सी चोरी गरेको आरोप उनीमाथि लागेको हो ।
रक्सी चोर आरोपित बिवश परियारको साथबाट प्रहरीले डबल ब्ल्याक लेभल २ फुल, ब्ल्याक लेभल २ फुल, रेड लेभल १ बोतल, ब्ल्याक ओल्ड दरबार ६ फुल, सिग्नेचर ६ फुल र ८८४८ रक्सी १२ फुल बोतलसहित फेला परेको बताइएको छ । प्रहरीका अनुसार चोरले झन्डै २ लाख मूल्यबराबरको चोरी गरेका रहेछन् । महँगा रक्सीहरु चोरेर उनीहरुले अन्यत्र बेच्ने गरेको प्रहरीले जनाएको छ । पसल सञ्चालक रामबाबु रेग्मीले सिसी क्यामराको सहायताले चोरलाइ आफैँले चिनेर प्रहरीसँग को समन्वयमा पक्राउ गराउन सफल भएका हुन् ।
पसल सञ्चालक रेग्मी र प्रहरी बिचको समन्वयको आधारमा चोरी आरोपित परियार पक्राउ परेपछि अन्य मदिरा पसलका सञ्चालकहरुले समेत आफूहरुको पनि पसलमा चोरी भएको भन्दै चितवन प्रहरीमा निवेदन दिएका छन् । निवेदन दिएका पसलहरुमा पनि उनै परियारले चोरी गरेका हुन् या होइनन् भन्ने बिषयमा प्रहरीले आवश्यक रूपमा अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले बताए । अनुसन्धानका क्रममा आरोपित व्यक्तिले केही मदिरा पसल चोरी गरेको स्वीकार गरेका छन् । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले खोजी गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group