ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगठनलाई व्यवस्थित पार्दै एसपी राठौर , एकछत्र राज गर्ने दुई सय प्रहरी लखटिए


एबीसी न्यूज
२ आश्विन २०७५, मंगलबार   ६ : ५५   बजे

चितवन, २ असोज । समाज सुर्धानु छ भने पहिले आफूबाट परिवर्तन गर्नुपर्ने हुन्छ । हो, यस्तै प्रहरी कर्मचारीले पनि समाजमा हुने कुनै पनि त्यस्ता अपराधीक गतिविधिलाई नियन्त्रणमा लिने हो भने पहिले आफू र आफ्नु संगठनलाइ सुधार्नुपर्ने हुन्छ ।

यो भनाइ जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको हो । एसपी राठौरले पहिले आफुमा परिवर्तन ल्याउ, तब मात्रै अपराधीक गतिविधी नियन्त्रणमा लिन सक्छौं भन्दै मातहतका कर्मचारीलाई बारम्बार बिफ्रीङ्गका साथै निर्देशन गर्दै आएका छन् ।

जेठ २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षत्रीय कार्यालय बर्दिवासबाट चितवन जिल्ला सरुवा भइ आएका उनले आफ्नु कर्मचारीलाई सुधार्नु नै पहिलो कर्तव्य अनि दायित्व रहेको बताए ।

आफ्नु संगठन नै छवि बिगार्न तल्लीन छ भने अरुलाइ सुधार्न सकिदैन एसपी राठौरले भने मैले यस जिल्लामा आए पछि आफूबाट परिवर्तन गर्नुपर्छ भनी मातहतका कर्मचारीलाई भन्ने गरेको छु ।

आफू र आफ्नु संगठन सुधारे कसैले औंला ठहर्‍याउन सक्दैन त्यसैले अपराधीक गतिविधिलाई सहजै रूपमा नियन्त्रणमा लिन सकिन्छ त्यसैले पहिले आफू सहि हुनुपर्ने उनको भनाइ छ ।

यसैलाई मध्ययनजर गर्दै एसपी राठौरले जिल्लामा एकछत्र राँज गर्ने दुई सय प्रहरी कर्मचारीलाई जिल्लाबाटै लखटेका छन् ।

धेरै नै बदनाम रहेका र विगत दस वर्षदेखि विभिन्न बहानामा पहुँच र प्रभावका आधारमा जिल्लामा रहेका प्रहरीहरुको उनलेे सरुवा गरेका हुन् । उनी भन्छन् : मलाई असक्ष्म र बिवादित प्रहरी चाहिदैन ।

त्यसैले, उनीहरु सबैलाई मैले विभागीय नीतिअनुरुप सम्बन्धित दरबन्दी मा रवाना गरी पठाइएको हुँ । पुराना कर्मचारीलाई हटाइ नयाँ कर्मचारी ल्याउँदा सुरुसुरूमा केही समस्या आएपनि अन्ततः यसले संगठनमा राम्रो प्रभाव पार्ने उनको भनाइ छ ।

सरूवा भएका प्रहरी सबै गएको र आउनेहरु पनि आउने क्रममा रहेको उनले बताए । नयाँ आउने जनशक्तिबाट नयाँ ढंगले काम गराउने भन्दै उनले एकै ठाउँमा बसेर काम गर्नु प्रहरी संगठन भित्र उचित नहुने समेत बताए ।

संस्थाको नीति नियम अनुसार चल्ने एसपी राठौरले प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा निकालेको सरुवा सुची अन्तर्गत उनीहरु जिल्लाबाट लखटिएको बताए ।

जिल्लाबाट लखटिनेमा भनसुन गरी जिल्लामा अड्डा जमाएका जुनियर प्रहरी अधिकृतसम्म रहेका छन् । एसपी राठौरले यसपटक पनि केन्द्रबाट धेरैको भनसुन आएपनि कसैको कुरा नसुनी, नियमसंगत रूपमा नै कर्मचारीको सरूवा गरिएको बताए ।’

झन्डै दस वर्षदेखि भनसुनका भरमा जिल्लामा जरा गाँडेर बसेकाहरुलाइ हटाउन उनलेे आफैंबाट सुरुवात गरें । उनलेे भने, मेरो भान्से र बडीगार्ड समेत सरूवा भएका छन्’, ‘आफ्नै मातहत रहेकाहरु सरूवा गरेपछि अरु व्यक्तिको सरूवा गर्न कुनै समस्या नै भएन नि ।’

उनलेे भने, बिवादित र असक्ष्म कर्मचारी मलाई चाहिदैन । संगठन बिपरित जस्ले काम गर्छ, त्यसलाई अन द स्पोर्ट् कार्वाही गर्छु । उनीहरु का कारण सिंगो संगठन नै बदनाम भएकोतर्फ जानकार हुनुपर्छ ।

उनी थप्छन् : प्रहरीको छवि बढाउने ७ जनालाइ मैले पुरस्कृत समेत गरेको छु भने, प्रहरीको छवि गिराउने १४ जनालाई कार्वाही समेत गरेको छु ।

आफ्नु कार्यकाल अवधिभर बिवादित रहेका कर्मचारीलाई लखट्ने र इमान्दार कर्मचारीलाई पुरस्कृत गर्दै संगठन बिपरित गतिविधि गर्नेलाइ बिभागीय कार्वाहीको साथै जिल्लाको सुरक्षा ब्याबस्था लाइ चुस्तदुरुस्त बनाइ जनमानसमा सिकायतको एक मौका पनि नदिने बताए ।

प्रहरीको कार्यशैलीविपरीत काम गर्नेलाई स्पष्टीकरण सोध्ने, काज खटाउने, सचेत गराउने, नसिहेत दिने, ग्रेड घटुवा, पदोन्नति रोक्का, निलम्बन र अन्तिम चरणमा बर्खास्त सम्म गर्न सकिने प्रहरी नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu