ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराको हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग राख्दै बाबू चितवनमा


एबीसी न्यूज
३ आश्विन २०७५, बुधबार   ९ : २६   बजे
चितवन , ३  असोज । आफ्ना छोराको हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग राख्दै बाग्लुङ्ग ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तीबाङका बाबु निमबहादुर जिसीका चितवन आइपुगेका छन् ।
२२ वर्षीय संगीन जिसीको रहस्मय हत्या भएको भन्दै बाबू निमबहादुरले छानबिनको माग राख्दै चितवनका प्रजिअ मार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा छोरा संगीन भदौं १० गते काठमाडौंको सानोभर्‍याङको एक डेरा घरबाट बेपत्ता भएको र पछि खोजी गर्दै जाँदा एक हप्तापछि विभत्स तरिकाले मारेर फालेको अवस्थामा भदौं १७ गते स्वयम्भुको जंगलमा भेटिएको उल्लेख गरिएको छ । उनीहरुले ज्ञापनपत्रमा गृहमन्त्री रामबहादुर थापाले संगीनको हत्या नभई आत्महत्या हो भनेर दिएको बयानले आफूहरुलाई झनै स्तब्ध बनाएको पनि बताएका छन् ।
मृतकका आफन्ततले बताए अनुसार दाङ स्थायी घर भई ललितपुरको धोविघाटमा बस्ने वर्ष २२ को सिम्रन चौधरीसँग मृतक जिसीको विगत ४, ५ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनीसँग पछिल्लो समयमा बढ्दै गएको कटुताले नै जिसीको हत्या भएको ठहर पारिवारिक स्रोतले गरेको छ । किटानी जाहेरी सहित प्रहरीमा निवेदन दिँदा पनि प्रहरीले छानबिनमा बेवास्ता गरेकोले यथाशिघ्र रूपमा छानबिनको लागि ज्ञापनपत्र बुझानुपरेको आफन्तहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group