ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई सातादेखि तीन युवती बेपत्ता


एबीसी न्यूज
३ आश्विन २०७५, बुधबार   ९ : ५६   बजे

बेत्रावती, ३ असोज  ।  नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन् ।

काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उहाँको फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिने माया तामाङ जात्रामा गएपछि सम्पर्कमा नआएको शर्मिलाको बुबा सोम्बरबहादुर तामाङले बताउनुभयो ।

गाउँबाट बाहिर नजाने उनीहरु कहाँ गएका हुन् भन्ने केही जानकारी नआएकाले दलालले ललाइफकाइ भारततर्फ बेचबिखनमा लगेको हुनसक्ने भन्दै परिवारले दिएको सूचनाको आधारमा प्रहरीले सीमाक्षेत्रमा खोजी तीव्र बनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरको अनुसार हराएकामध्ये दुईको मोबाइल ‘लोकेशन’ भारतीय सीमाक्षेत्रसम्म पुगेको देखिएकाले खोजीको लागि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu