ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हटलाईनमा फोन आएको पाँचदेखि १० मिनेटमा घटनास्थलमा प्रहरी पुग्छ – एसपी राठौर


एबीसी न्यूज
३ आश्विन २०७५, बुधबार   १० : १२   बजे
चितवन , ३ असोज । नागरिकलाई सुचना लिन र दिन सहज होस् भनी जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १०० पछिल्लोसमय प्रभावकारी
बन्दै गएको छ । अहिले उक्त हटलाइनमा दैनिक २०० भन्दा बढी घटनाबारे फोन आउने गरेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार सामान्य सूचनाका लागी मात्रै ६ हजार भन्दा बढी फोन आउने गरेको छ ।
बिशेष गरेर मुग्लिङ्ग –  नारायणगढ सडकखण्डको जामको कारणले धेरै फोन आउने गरेको स्रोतले बताएको छ । त्यसपछि जिल्लामा हुने झै–झगडा , कुटपिट, चोरी, डकैती, जस्ता घटनाबारे जानकारी दिन यस्ता फोनहरु आउने गरेका छन् । सर्वसाधारणले घटनाबारे कन्ट्रोलमा जानकारी गराएलगत्तै प्रहरीको टोली पाँचदेखि १० मिनेटमा घटनास्थलमा पुगेर अनुसन्धान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रयास समेत प्रहरीले गरिरहेको एसपी सुशील सिंह राठौरले बताए । त्यस्को लागी हामीले पोशाकका प्रहरी, सादा पोशाकका प्रहरी, मोटरसाइकल र साइकल सहितका प्रहरीलाई ठाउँठाउँमा खटाएका छौँ । अहिले जिल्लामा ६३ वटा प्रहरी इकाइ मार्फत् ७२२ जना प्रहरी खटिएको उनले बताए ।
उनले सामान्यतया एक जना प्रहरीले दुई सयदेखि तीन सय नागरिकको सुरक्षा गर्ने प्रचलन रहे पनि चितवनमा एक जना प्रहरीले छ सय देखि सातसय नागरिकलाई सुरक्षा दिने दायित्व रहेको बताए । प्रहरी जनशक्ति जनसंख्याको तुलनामा कम नै भए पनि प्रहरी गतिविधि र सक्रियता बढाइएको बताए । जिल्लामा एउटा महानगरपालिका सहित ६ वटा स्थानीय तह रहेकोले यहाँ हरेक वर्ष जनघनत्व बढ्दै गएको छ । त्यसैले सूचनाका लागी दैनिक २०० देखि २३२ वटा फोन आउने गरेको छ । उनले भने जिल्लाका सबै प्रहरी कार्यालयमा आउने घटनाका फोनलाई जोड्दा दिनमा एक हजार दुई सय भन्दा बढी हुन आउँछ । उनले केही वर्ष अघिसम्म प्रहरीलाई झुक्याउने खालका फोन आउने गरे पनि झुक्याउने तीन जनालाई कारबाही गरेपछि झुक्याउने फोन आउनै छाडेको उनलेे बताए । चितवन जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज, इमेल र एसएमएस सेवा पनि प्रहरीले सञ्चालनमा ल्याएको छ । इमेल, फेसबुकमा पनि दैनिक नागरिकका गुनासाहरु आउने गरेको एसपी राठौरले जानकारी दिए ।
प्रहरीले सञ्चालनमा ल्याएको टोलटोलमा प्रहरी, प्रहरी हाम्रो साथी, स्कुलस्कुलमा प्रहरी र अपराधमा सहकार्य जस्ता कार्यक्रमले गर्दा पनि नागरिक र प्रहरीबीचको सम्बन्धलाई निकै नजिक र गाढा बनाएको उनले बताए । त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको १०३ नम्बरको फोनलाइनमा पनि दुई तीन मिनेटको फरकमा एक कल फोन आउने गरेको कार्यालले जनाएको छ । घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० र ट्राफिक प्रहरीको लागि १०३ ट्राफिक प्रहरीको लागि सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरका विभिन्न ठाउँमा विभिन्न संघसंस्थाको सहयोगमा ३८ ठाउँमा सीसीटीभी क्यामरामार्फत् प्रहरीले नागरिकको निगरानी राखिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu