काठमाडौ,३असोज । साफेबगरमा सवारी चालकहरुको बन्दका कारण यात्रुहरुलाई सास्ती भएको छ । सरकारले भरखरै पारित गरेको सवारी चलाकमाथी अन्याय हुने खालको कानुन बनाएको भन्दै आन्दोलन गर्न लागेका हुन ।
यातायातका साधन बन्द हुँदा अछाम सदरमुकाम मंगलसेन कैलाली कंचनपुर अछाम बाजुरा यात्रामा जाने यात्रुहरु मर्कामा परेका छन ।
सवारी दुर्घटनाले कसैको ज्यान गए २० बर्ष कैद हुने लगाएतका कानुन सरकारले गरेकोमा उनिहरुले आक्रोश पोख्दै आएका छन ।
आफ्ना मागहरु पूरा नभएसम्म यातायातका साधन बन्द र सडक अवरुद्ध गर्ने उनिहरुले आक्रोश पोखेका छन ।
प्रतिक्रिया दिनुहोस्