ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणेशमानको त्याग र साहसको अनुसरण गरिनुपर्ने : काँग्रेस नेता सिंह


एबीसी न्यूज
३ आश्विन २०७५, बुधबार   १ : ३६   बजे

काठमाडौ,३ असोज । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्याग र साहसको अनुसरण गरिनुपर्नेमा जोड दिइएको छ ।

नेता सिंहको २१ औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नेपालको प्रजातन्त्र र आर्थिक विकास’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिबाट फाइदा लिने चाहना राख्नेले अहिल्यै छोडेर अन्य पेशा व्यवसायमा आबद्ध हुन अनुरोध गर्नुभयो ।

“सेवा गर्ने भावना भएकाले राजनीतिमा लाग्ने हो, गणेशमान सिंहले राजनीतिमा लाग्दा उहाँलाई नपुग्ने केही थिएन, देश र जनताको सेवा गरौँ भन्ने भावनाले लाग्दा सक्रिय राजनीतिक जीवनको आधा समय जेल र प्रवासमा बिताउनुभयो”, पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँ, पूर्वसांसद दीपकप्रसाद कुइँकेल, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई र महासचिव भुपेन्द्रजङ्ग शाही, प्रदेशसभा सदस्यद्वय जीवन डङ्गोल र छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, दलका काठमाडौँ अध्यक्ष कृष्णजी खड्काले नेता सिंहको प्रजातन्त्र पुनःस्थापनापछि आर्थिक विकासमा ध्यान दिनुपर्ने विचारलाई पार्टीले बेवास्ता गर्दा काँग्रेस अहिलेको अवस्थामा पुगेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu