काठमाडौं,३ असोज । प्रध्यानाध्यापकले ढिलो विद्यालय आएको भन्दै आफ्ना विद्यार्थीलाई कुटेर कान फुटाएका छन ।
चितवनको बुलिङ्टारस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटेर कान फुटाएका हुन् ।
कानबाट रगत बगीरहेकोले उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको परिवारले बताएको छ ।
घटनापछि प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले विद्यार्थीलाई कुटेको स्वीकार गर्दै विद्यालय ढिला आउने गरेकाले कुट्ने गरेको बताएका छन । उनको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने श्रेष्ठले बताए।
प्रध्यानाध्यापक श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने पीडित विद्यार्थीका बुवा वीरबहादुर सार्कीले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्