ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पक्षका कारण पञ्चेश्वर जलविद्युत्को डिपिआर बन्न सकेन


admin
२२ भदौ २०७४, बिहिबार   ८ : ०८   बजे

काठमाडौँ, २२ भदौ । भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नहुने भन्दै अग्राधिकारको विषय उठाएपछि पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)ले अन्तिम रुप प्राप्त गर्न सकेन ।

भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न दुई देशका सचिवस्तरीय प्राविधिक समितिको बैठक निष्कर्षविहीन हुन पुगेको बैठकमा सहभागी अधिकारीले जानकारी दिएका छन् । भारतले तल्लो शारदा ब्यारेजमा उपभोग गरिरहेको पानीको मात्राबाहेक उपलब्ध हुने पानी बाँडफाँट गर्नुपर्ने विषय राखेपछि नेपाली पक्ष सहमत हुन नसकेको हो । अग्राधिकार नै दिएर भारतलाई पानी उपयोग गर्न दिने विषयमा नेपाली पक्ष सहमत हुन नसकेपछि सचिवस्तरीय बैठक पुनःबस्ने गरी स्थगन भएको हो । यद्यपि दुवै पक्ष छलफललाई निरन्तर अगाडि बढाउन भने सहमत भएको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो ।

बैठकको नेतृत्व नेपालका तर्फबाट जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुसूदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्र कुमारले गर्नुभएको थियो । उक्त प्रतिनिधिमण्डलमा नेपालका तर्फबाट १६ र भारतका तर्फबाट ११ विज्ञ सम्मिलित थिए । संयुक्त बैठकमा सहभागी हुन नयाँ दिल्ली जानुअघि नेपाली टोलीले बैठकको तयारी र छलफलको कार्यसूचीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको थियो ।

भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एक महिनाभित्र पञ्चेश्वरको डिपिआर तयार पार्ने र त्यसका लागि आवश्यक तयारी गरिने बताउनुभएको थियो । नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको पानी र जलविद्युत् ५०–५० प्रतिशत हुनुपर्ने हुन्छ तर त्यसविपरीत भारतले शारदा ब्यारेजमार्फत लिइरहेको पानीको मात्रा घट्न नहुने धारणा राखेपछि थप छलफलको जरुरी परेको सहसचिव घिमिरे बताउनुहुन्छ ।

सचिवस्तरीय वार्ताबाट पञ्चेश्वरको प्रतिवेदनमा सहमति जुट्ने र परियोजना अगाडि बढ्ने अपेक्षा नेपालले लिएको थियो । पञ्चेश्वर जलाशय बनेपछि पनि भारतले वर्षाका समयमा पानी चाहिने धारणा राखेको थियो । डिपिआर तयार पारिरहेको परामर्शदाता वापकोसले पञ्चेश्वरको जडित क्षमता पाँच हजार ४० मेगावाट हुने प्रतिवेदन तयार पारे पनि सो आयोजनाबाट वर्षैभरि ९२५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुने विषयमा भने सहमति जुटेको छ । त्यसमध्ये ४६२ मेगावाट बिजुली नेपालले प्राप्त गर्नेछ ।

सहसचिव घिमिरेका अनुसार बैठकमा सन् १९६२ देखि सन् २०१२ सम्मको ५० वर्षको जलवायुको प्रतिवेदनलाई दुवै पक्षले स्वीकार गरेका छन् । परियोजनामा कूल लागतमध्ये एक तिहाइ नेपालले र दुई तिहाइ भारतले अर्थात् क्रमश ३७ र ६३ प्रतिशत लगानी गर्ने भएका छन् । महाकाली सन्धिअनुसार पानी, बिजुली र लगानी आधाआधा हुने भनिए पनि नेपालतर्फ सिँचाइ हुने भूभाग कम भएपछि पानीको उपभोगमा भने समान नहुने अवस्था आएको हो ।

नेपालतर्फ कैलाली र कञ्चनपुरका ९३ हजार हेक्टरमा मात्र सिँचाइ हुने देखिएको छ । बर्दिया र कैलाली सिमाना कर्णाली चिसापानीमा रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणाधीन रहेकाले कैलालीमा महाकालीको पानी आवश्यक नपर्ने देखिएको हो तर तल्लो तटीय लाभअन्तर्गत नेपालले भारतसँग पानीको लाभका विषयमा छलफल गर्नुपर्ने माग भने विभिन्न सरोकार भएका व्यक्ति तथा निकायबाट उठ्ने गरेको छ । नेपालको औपचारिक भ्रमणका क्रममा २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर अगाडि बढाउने वचन दिनुभएपछि प्रक्रिया अगाडि बढेको हो । दुई मुलुकबीच सहमतिका आधारमा पञ्चेश्वर विकास प्राधिकरण गठन भएर विभिन्न काम शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group