ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँका लागि टिकट लिन आएका यात्रु रित्तो हात फर्कँदै


admin
२२ भदौ २०७४, बिहिबार   ८ : १८   बजे

यात्रु : पाँचवटा टिकट पाउँ न दाजु
काउण्टरवाला : कहिलेका लागि होला ?
यात्रु : दशैँका लागि ।
काउण्टरवाला : खुलेको छैन ।
यात्रु : कहिले खुल्ला ?
काउण्टरवाला : थाहा भएन
यो सम्वाद हो काठमाडौँको नयाँबसपार्कस्थित दशैँमा घर जान टिकट लिन आएका धनगढीका भुवन विष्ट र सुदूरपश्चिम यातायात लेखिएको काउण्टर नं २३ मा बसेका सुजन कडालको ।

यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मझौला दूरीको अग्रिम टिकट बुकिङ खुला गरेपनि यातायात व्यवसायीले बाटोको समस्या र सामान लैजान छतको व्यवस्था नभएको भन्दै टिकट बुकिङ खुला रोकिदियो ।

यातायात व्यवस्था विभागमा यही भदौ १६ गते बसेको विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक, यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष एवम् महासचिव र उपभोक्तावादीको बैठकले भदौ २२ मा टिकट खुलाउने निर्णय गरेको थियो ।

उक्त सूचनालाई आधार मानेर दशैँमा घर जाने बस टिकट लिन आज बिहान हजारौँ यात्रु नयाँ बसपार्क आएपनि बिना टिकट रित्तो हात फर्कनुप¥यो । धनगढीका विष्ट नेपालटारको एक स्कूलमा पढाउनुहुन्छ । उहाँ आफ्नो परिवारसहित दशैँमा घर जानका लागि स्कुल विदा लिएर नयाँ बसपार्क टिकट काट्न आएको बताउनुहुन्छ ।

उहाँ जस्तै सप्तरीको फत्तेपुर जानका लागि टिकट लिन नयाँ बसपार्क आउनुभएका इन्द्रदेव वहरदार पनि टिकट नपाएपछि त्यत्तिकै फर्कनुप¥यो । नयाँ बसपार्कको पूर्व कोशी यातायात लेखिएका काउण्टर नं ६ मा टिकट माग्दै उभिनुभएका उहाँ टिकट नपाएपछि निराश देखिनुहुन्थ्यो । उहाँले टिकट कहिले खुल्छ भनेर काउण्टरमा बसेको व्यक्तिलाई सोध्दै हुनुहुन्थ्यो ।

यी त केवल प्रतिनिधि घटनामात्र हुन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच कुरा नमिल्दा हजारौँ यात्रुहरूले दशैँको मुखमा दुःख झेल्नुपरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई दशैँको मुखमा यातायात व्यवसायीले टिकट बुकिङ बन्द गर्नु राम्रो नभएको बताउनुहुन्छ । उहाँ यातायात व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा पु¥याएर समाधान गर्नेतर्फ आफू लाग्ने भन्दै टिकट बुकिङ तत्काल खुलाउन आग्रह गर्नुहुन्छ ।

“व्यवसायीले भाडा समायोजनका बारेमा राखेका माग, बर्खायाममा यात्रा गर्दा बाटोमा पर्ने समस्याको समाधानका लागि चाहिने पूर्वाधार, सवारी जाँचपासलगायतका विषयमा विभाग गम्भीर छ”– महानिर्देशक भट्टराईले भन्नुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँमा सवारीसाधन सञ्चालन गर्नका लागि बाटो राम्रो नभएकाले अग्रिम टिकट बुकिङमा समस्या परेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकले छत हटाउने प्रस्ताव पारित गरिसकेको भन्दै छत नभए यात्रुको सामान लैजान समस्या पर्ने भएकाले यो प्रस्ताव फिर्ता लिनुपर्ने माग समेत गर्नुभयो ।

अघिल्ला वर्षमा दशैँको घटस्थापना सुरु हुनुभन्दा १५ दिन अगावै टिकट खुलाउने व्यवस्था गरेपनि गत वर्ष एक हप्ताअघिमात्र टिकट खुलेको थियो । टिकट बुकिङ खुलेसँगै काठमाडौँका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष राख्ने महानगरीय ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उहाँले यात्रुको सहजताका लागि चाँडो टिकट बुकिङ खुला गनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group