ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडियाकर्मीले पाएको पुरस्कार हत्या भएकी श्रेयाको परिवारलाई


admin
१८ आश्विन २०७५, बिहिबार   २ : १९   बजे

पोखरा १८ असोज । गत असोजको ८ गते बलत्कारको प्रयास पछि विभत्स हत्या भएकी श्रेया बिक सुनारको परिवारलाई कास्कीमा क्रियाशिल पत्रकारहरुले सहयोग गरेका छन ।

केभसिटी मिडियाले प्रथम पटक आयोजना गरेको भलिबल प्रतियोगितामा केभसिटी मिडियाले उपबिजेता भएवापत पाएको पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया श्रेयाको परिवारलाई प्रदान गरेको हो ।

उक्त रकम श्रेयाको घरमा पुगी उनकी आमा वेल कुमारी बिक, ठूलो बुवा मिन बहादुर बिक र हजुरवुवा तिलक बहादुुर बिकलाई मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य, कास्की प्रहरी प्रमुख उपरीक्षक ओम बहादुर राना मगरले नगद प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै कास्की प्रहरी प्रमुख उपरीक्षक ओम बहादुर राना मगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदै सम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पिडित परिवार प्रति धैर्यधारण गर्न आग्रह गरे ।

सो अवसरमा बोल्दै मृतककी ठूलो वुवा मिन बहादुर बिकले घटनामा पक्राउ परेका कुसुमलाई मुलुकको कानुन अनुसार कारबाही गर्न कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरलाई आग्रह गर्दै दुखको वेलामा केभसिटी मिडियाले आर्थिक सहयोग गरेर पु¥याएको सहयोग प्रति धन्यवाद प्रकट गरे ।

केभसिटी मिडियाका संचालक भिम थापाले गत असोज ८ गते हत्या भएकी श्रेया बिकको परिवारको आर्थिक स्थिती अतिनै दयनिय अवस्थाको रहेको र उनको आमा पनि विरामी भइरहने गरेको थाहा पाएपछि आफुहरुले आयोजना गरेको मिडियाकप भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी पाएको पुरस्कारलाई सामाजिक काममा खर्च गर्नुपर्छ भन्ने ठानेर उनकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको वताए ।

मिडियाको काम समाचार सम्प्रेसण मात्र नभइ सामाजिक कामपनि भएकाले आफुले सक्ने सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागी पनि केभसिटी मिडियाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने समेत थापाले वताए ।

उक्त अवसरमा केभसिटी मिडियाको तर्फबाट मिडियाकप भलिवल प्रतियोगितामा सहभागी पत्रकारहरुको सहभागीता रहेको थियो । यसैविच बुधवार मृतक श्रेयाको शव आफन्तले बुझी पोखराको रामघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group