काठमाडौ,२० असोज । पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले नेपालमा २५ लाख पर्यटनलाई सेवा सुबिधा दिनसक्ने क्षमता भएको बताउनुभएको छ ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले समृद्ध नेपाल निर्माणको लागि महत्वपूर्ण आधार पर्यटन क्षेत्र रहेको बताउनु भयो । उँहाले सन् २०२० देखि ३० सम्मको एक दशक प्रवद्र्धनका लागि सरकारले पूर्वाधार निर्माणको काम गर्ने उल्लेख गर्दै अहिले पनि नेपालमा २५ लाख पर्यटन रहने क्षमता भएको बताउनु भयो ।
मन्त्री अधिकारीले आन्तरिक पर्यटनको विकास नभई बाह्य पर्यटक आकर्षित हुन नसक्ने भन्दै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आन्तरिक पर्यटनको समेत महत्वपुर्र्ण भूमिका रहेको बताउनुभयो ।
सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि नया“नया“ गन्तव्य पहिचानको काम समेत गर्दै आएका उल्लखे गर्दै होटल ब्यवसायीहरुलाई आफनो सेवा तथा स्तरीयतामा बढाउनमा आग्रह गर्नुभएको थियो ।
वर्तमान सरकार बिगतमा जस्तो ६÷६ महिनामा परिर्वतन हुने नभएको भन्दै सरकारले व्यवसायमैत्री वातावरण बनाई समृद्ध नेपाल सुखी नेपाली बनाउने एउटै उद्देश्यका साथ सरकार अगाडी बढिरहेको मन्त्री अधिकारीले दावी गर्नुभयो ।.
यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालन समितीका सदस्य कृष्ण अर्यालले होटल व्यवसायीलाई सरकारले पर्यटन वर्ष मनाउने तयारीमा रहेको गुणस्तरिक सेवा दिन सक्ने गरी पूर्वाधार निमार्णको कामलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला होटल व्यवसायी संघका पदाधिकारीहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्