काठमाडौं, २३ असोज । दशै तथा, दिपावली मनाउन काठमाडौंबाट जिल्ला बाहिरिने यात्रु हरूलाई सहजकोलागी वाईसीएल नेपालले स्वयंसेवक परिचालन गरेको छ ।
नयाँ बसपार्क गोगंबु , रत्नपार्क, कलङ्की ,कोटेश्वर, लगाएत गाडी छुट्ने काउन्टरमा विगतकावर्ष झै यसपटक वाईसीएल नेपाल काठमाण्डौ जिल्लाले स्वयंसेवक गर्ने भएको हो ।
भोली बुधवारबाट बिहान ६ बजेदेखी बस छुट्ने काउन्टरहरुमा स्वयम सेवक परिचालन गर्ने तयारी गरेको छ । टिकट कालोबजारी पक्षवात र महँगो मा टिकट बेच्ने र यात्रुहरूलाई अप्ठ्यारो नपरोस भनेर सहज रूपले काठमाण्डौबाट आफ्नो घर जाने ब्यवस्था मिलाउने छ । बिगतमा दशै, तिहारको बेलामा महंगी ,कालोबजारी, र काठमाण्डौ बाट बाहिरिने यात्रु हरूलाई सहजको लागी स्वयंसेवक तथा अनुगमनगर्ने गरेको थियो र यस वर्ष पनि काठमाण्डौ जिल्ला वाईसीएल नेपालले १५० जना स्पेसल स्वयंसेवक तथा अनुगमन गर्ने टिम परिचालन गरेको छ ।
विषेश गरि लुटपाट, टिकटमा अनिमियतता र ,काठमाण्डौ बाट आफ्नो घर जानबाट कोही नछुटुन भनेर वाईसीएल नेपालले स्वयंसेवक परिचालन गर्ने भएको हो । साथै प्रहरी प्रशासन र यातयात महासंघलाई सयोग गर्नगरि यो कार्यक्रम गर्ने लागेको वाईसीएल नेपाल काठमाण्डौ जिल्ला सचिव धिरज उपरकोटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्