ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो विज्ञता पैसामा बिक्री भइरहेको छ : मुख्यमन्त्री शाही


admin
२४ आश्विन २०७५, बुधबार   १२ : ५९   बजे

सुर्खेत, २४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले समाज विकासका लागि स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभयो । “हाम्रो विज्ञता पैसामा बिक्री भइरहेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “मुलुकको विषम घडीमा यो विज्ञता स्वयम्सेवीसमेत बन्नुपर्दछ ।”

मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “हाम्रो विज्ञतालाई पावरप्वाइन्टमा होइन, अब प्रमाणित गरेर देखाउनुपर्दछ ।” मुख्यमन्त्री शाहीले प्रदेश तथा स्थानीय तहको कानूनमा विपद् जोखिम न्यूनीकरणको नीतिगत कुरा राख्ने भूमिकामा बढी ध्यान दिने र यसका लागि प्रदेश सरकार जिम्मेवारी बोधका साथ अघि बढ्ने जनाउनुभयो ।

विपद् जोखिम न्यूनीकरण क्षेत्रका विज्ञ डा गङ्गालाल तुलाधरले भूकम्प, बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक तथा मानव विपद् जोखिम न्यूनीकरण गर्न सरकारले रणनीतिक महत्वको कानून बनाउनुपर्नेमा जोड दिनुभयो । विश्वको भूकम्प जोखिममा ११ औँ, सडक दुर्घटनामा ५० देशमा पर्ने नेपालको भू–बनोटको अवस्था अध्ययन गरेर मात्र संरचना निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसमेत भूकम्पको जोखिमबाट मुक्त नरहेको जनाउँदै विज्ञ तुलाधरले विज्ञानले समाधान पत्ता लगाउन नसकेको प्राकृतिक विपद् भूकम्पबाट बच्न उच्च सतर्कताको नीति निर्माणमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषिमन्त्री विमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव रामप्रसाद थपलियासहित सम्पूर्ण मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group